default_image

7 years ago

December 29, 2018

खप्तड गोल्डकपलाई नेपाल आइसको निरन्तर साथ

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको सर्वाधिक धनराशिको तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितालाई सिजी ब्रूअरीको नेपाल आइसले निरन्तर साथ दिएको छ । पुष २४ देखि माघ ५ सम्म चल्ने प्रतियोगिता धनगढी रंगशालामा हुँदैछ ।

लगातार दोस्रो संस्करणको मुख्य प्रायोजक बनेको नेपाल आइसले शनिबार खप्तड गोल्डकप आयोजक सुदुरपश्चिम–११ स्पोर्टस् क्लबसँग सम्झौता प्रायोजना गरेको छ । सम्झौतामा आयोजकका अध्यक्ष सुरेश हमाल र सिजी ब्रिअरीको सिनियर जनरल म्यानेजर प्रदिप पुडासैनीले हस्ताक्षर गर्दै सम्झौता पत्र आदान प्रदान गरे ।

सम्झौता रकम नखुलाइएपनि राम्रै रकमा हस्ताक्षर गरिएको नेपाल आइसका सिनियर जनरल म्यानेजर प्रदिप पुडासैनीले बताए । ‘कम्पनीको प्रवर्द्धन आफ्नो ठाउँमा छ । यो प्रतियोगिताले नेपाली फुटबलको विकासमा ठूलो सहयोग पुग्नेमा हामी विश्वस्त छौं । त्यसैले फेरीपनि खप्तड गोल्डकपसँग जोडिएका हौं,’ सम्झौतापछि सिजी ब्रुअरीका जनरल म्यानेजर पुडासैनीले भने, ‘हामी खप्तड गोल्डकपलाई निरन्तर सहयोग गर्दै जानेछौं । फेरीपनि फुटबलसँग जोडिन पाउनु कम्पनीको लागि गौरवको पक्ष हो ।’

आयोजकका अध्यक्ष सुरेश हमालले सहयोगी हातहरु बढ्दै गएको र नेपाल आइस फेरि पनि खप्तड गोल्डकपँग जोडिंदा आयोजकको हौसला बढेको बताए ।

अध्यक्ष सुरेश हमाल

पुस २४ गतेबाट माघ ४ गते सम्म धनगढी रंगशालामा सञ्चालन हुने प्रतियोगितमा १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा रुस्लान थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, सिएमजी क्लब संकटा, काकाडभित्ता ट्रेनिङ सेन्टर झापा, नेपाल एपिएफ क्लब, च्यासल युथ क्लब र आयोजक सुदुरपश्चिम ११ स्पोर्टस् क्लबको सहभागिता रहनेछ । यस्तै विदेशी क्लबहरुमा दिल्ली युनाइटेड रहेको छ । लिग च्याम्पियन बनेको मनाङको सहभागिता केही दिनमा टुंगो लाग्ने आयोजक टोलीका महासचिव प्रकाश शाहीले बताए । उनले एक विदेशी टोलीसहित सहभागी हुने अन्तिम टोलीको टुङ्गो केही दिनमै लाग्ने बताए ।

प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ पाउनेछ । दोस्रो हुनेले १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल पाउनेछन् । विधागत तर्फका उत्कृष्ट खेलाडीहरुले जनही १५–१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछन् । प्रतियोगिताको लागि अनुमानित बजेट १ करोड ४० लाख रुपैयाँ रहेको छ । रकमहरु विभिन्न प्रायोजकबाट पुर्ति गरिने आयोजकले जनाएको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.