7 years ago
December 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिग खेलिरहेको त्रिभुवन आर्मी क्लबलाई अनुशासन कारवाही भन्दै नेपाल आईस तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको आयोजकले यस संस्करणमा सहभागी नगराउने बताएको छ ।
राजधानीमा आइतबार मुख्य प्रयोजन सम्झौता गर्ने कार्यक्रममा संचारकर्मीको प्रश्नमा जवाफ दिँदै आयोजक सुदूरपश्चिम ११ क्लबक अध्यक्ष सुरेश हमालले आर्मीलाई सहभागी नगराउने निर्णय लिएको बताए । उनले प्रतियोगिताको साविक विजेता आर्मीलाई कारवाही स्वरुप यो प्रतियोगितामा सहभागिता नगराउने निर्णय गरेको जानकारी दिए ।
गतवर्ष सर्लाहीमा भएको राजश्री गोल्डकपको खेल दौरान मैदानमै आर्मीका खेलाडीले सुदुरपश्चिमका खेलाडीमाथि हातपात गरेको भन्दै कारवाही स्वरुप यो प्रतियोगितामा सहभागिता नगराइएको अध्यक्ष हमालले बताए । ‘हामीले यो प्रतियोगिताका लागि आर्मीलाई निमन्त्रणा नै गरेनौ । आर्मी राम्रो टोली हो तर, पछिल्लो वर्ष विभिन्न गोल्डकपमा अनुशासन राम्रो देखिएन,’ अध्यक्ष हमालले थपे, ‘जित्दा राम्रो हुने हार्न लाग्दा कुटपिटमा उत्रने आर्मीको व्यवहार मन नपरेकै कारण यो प्रतियोगितामा सहभागिता नगराइएको हो ।’
अध्यक्ष हमालले अर्को वर्ष भने यस निर्णयमा हेरफेर हुन सक्ने बताए । मोफसलकै सर्वाधिक पुरस्कार भएको प्रतियोगिता पुष २३ गतेदेखि सुरु हुँदैछ । कुल अनुमानित बजेट १ करोड ४० लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ तथा उपविजेताले १० लाख १ रुपैयाँ प्राप्त गर्नेछन् ।
फलोअप :
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]