default_image

7 years ago

December 30, 2018

फिर्मिनोको ह्याट्रिकमा आर्सनलमाथि लिभरपुलको शानदार जित

121 views

0 Bookmark

एनफिल्ड (एजेन्सी) – ब्राजिलियन रोबर्टाे फिर्मिनोको ह्याट्रिक मद्दतमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलमाथि शानदार जित निकालेको छ ।

लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ५–१ को हानदार जित निकालेको हो । लिभरपुलले घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर फराकिलो जित निकालेको हो ।

घरेलु टोली लिभरपुल खेलको ११औं मिनेटमा एन्स्ले मेटल्यान्ड नाइल्सको गोलबाट पछि परेको थियो । एन्स्लेले एलेक्स इओवीको पासमा गोल गरेको थियो । तर, लिभरपुलले लगत्तै गोल फर्काउन सफल भयो ।

१४औं मिनटमा रोबर्टाे फिर्मिनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मोहम्मद सलाहले एक्लै बल अघि बढाएको अवस्थामा ग्रानिट झाकाले फल गरेपनि रेफ्रीले एडभान्टेज दिँदा स्टेफन लिक्सटाइनरले क्लियर गरेपनि मुस्ताफीलाई लागेर फर्किएको बलमा फिर्मिनोले बराबरी गोल फर्काएका थिए ।

१६औं मिनेटमा फिर्मिनाले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । मैदानको मध्यभागबाटै बल अघि बढाउदै तीन डिफेन्डरलाई बिट गर्दै गोलरक्षक बर्न्ड लेनोलाई जिल्याउदै फिर्मिनोले दर्शनीय गोल गरेका थिए ।

३१औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाए । मानेले सलाहको पासलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सोक्राटीले सलाहलाई फल गरेपछि लिभरपुलले पेनाल्टीको मौका पायो । जसलाई उनी आफैले सदुपयोग गर्दै लिभरपुलाई पहिलो हाफमै ४–१ को अवस्थामा ल्याए ।

६५औं मिनेटमा रोबर्टाे फिर्मिनोले पेनाल्टीमार्फत गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुलले आर्सनलमाथि ५–१ को शानदार जित निकाल्यो ।

जितपछि लिभरपुलले ९ अंकको अग्रता बनाएको छ । लिभरपुलको २० खेलबाट ५४ अंक पुगेको छ । दोस्रो स्थानको टोटेनहमको समान खेलबाट ४५ अंक रहेको छ । पराजित आर्सनल ३८ अंक जोडेर पाँचौ स्थानमा यथावत छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.