default_image

7 years ago

December 30, 2018

एन्फाको विदेशी प्रशिक्षक नियुक्ती : प्राविधिक समिति नै अनभिज्ञ

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्विडिस नागरिक योहान कालिनलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गर्ने प्रक्रिया अगाडी बढाएको छ । तर प्राविधिक समितिका संयोजक तथा एन्फा उपाध्यक्ष कृष्ण थापाले भने यसबारे अाफू अनभिज्ञ रहेको बताएका छन् ।

थापाले राष्ट्रिय सञ्चारमाध्यमले एन्फाले विदेशी प्रशिक्षक नियुक्ती गर्ने निर्णय सार्वजनिक गरेको देख्दा अाफैं अाश्चर्यचकित परेको बताएका छन् । ‘ मैले विहान पत्रिका हेरेर मात्र यसबारे जानकारी पाएँ । एन्फाले प्राविधिक समितिसँग यसबारे केहि छलफल गरेको छैन । यसरी अाफूखुसी निर्णय गर्ने भए प्राविधिक समिति बन्नुको के अर्थ भयो र ?,’ थापाले भने ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले भने एन्फाले प्रक्रिया अगाडी बढाएपनि नियुक्ति पक्का नभइसकेको बताए । ‘ हामीले अान्तरिक छलफल गरेका हौं । अब राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयबाट स्विकृती लिएर अागामी प्रक्रिया बढाउने छौं,’ उनले थपे, ‘ यसअघि अन्य नाम पनि अाएको थियो ‌। हामीले कालिनको नामलाई अगाडी बढाउने निर्णय गरेका हौं ।’

एन्फाले यसअघि बंगलादेशको युवा टोलीका प्रशिक्षक रहिसकेका रेने कोस्टरलाई पनि विकल्पको रुपमा हेरेको थियो । कोस्टर विस्तृत छलफलका लागि नेपाल पनि अाएका थिए । राष्ट्रिय टोलीमा जापानी प्रशिक्षक ग्योतोकु कोजी छँदा नै कोस्टर अन्तर्वार्ताका लागि नेपाल अाएका थिए । यध्यपी कोजीको अनुबन्धन बाँकी रहेकाले एन्फाले नियुक्त गर्न सकेको थिएन ।

एन्फाको प्रशासनिक कमजोरीका कारण कोजीको नेपाली भिसामा समस्या अाएपछि सम्झौता रहँदा नै कोजी जापान फर्केका थिए ‌। कोजीले गत सेप्टेम्बरमा बंगलादेशमा अायोजित साफ च्याम्पियनसिप अघिसम्म टोलीको प्रशिक्षण सम्हालेका थिए । तर प्रतियोगिताका लागि भने एन्फाले बालगोपाल महर्जनलाई जिम्मेवारी दिएको थियो । कोजी साफअघि थाईल्याण्डमा भएको प्रशिक्षण क्याम्पबाट सिधै जापान पुगेका थिए ।

एन्फाको नयाँ कार्यसमितिको निकट मानिएका बालगोपाल पछिल्लो समय कार्यवाहक प्रशिक्षक नै रहेका छन् । राजधानीमा जारी लिग फुटबलमा उनको उपस्थिति ज्यादै कम रहेको छ । एन्फाले लिग दौरान प्राविधिक अध्ययन समिति गठन गरेर खेलाडीहरुको प्रदर्शनलाई विस्तृत अध्ययन भने गरिरहेको छ । कालिनको नियुक्तिसँगै महर्जनको भूमिकाबारे भने एन्फाले केही जानकारी दिएको छैन ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.