default_image

5 years ago

December 30, 2018

वर्ष २०१८ : मेसी ५१-४९ रोनाल्डो

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई २-१ ले पराजित गर्दा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । यससँगै रोनाल्डोले सन्२०१८ मा आफ्नो गोलसंख्या ४९ पुर्याए । यता बार्सिलोनाका कप्तान लिओनेल मेसीले सन् २०१८ मा ५१ गोल गरे । मेसीले पछिल्लो ९ वर्षमा ८ पटक ५० गोलको आँकडा पार गरेका […]

40 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई २-१ ले पराजित गर्दा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । यससँगै रोनाल्डोले सन्२०१८ मा आफ्नो गोलसंख्या ४९ पुर्याए ।

यता बार्सिलोनाका कप्तान लिओनेल मेसीले सन् २०१८ मा ५१ गोल गरे । मेसीले पछिल्लो ९ वर्षमा ८ पटक ५० गोलको आँकडा पार गरेका छन् । उनले सन् २०१३ मा ४७ खेल खेल्दै ४५ गोल गर्दा मात्र उक्त कडी पार गर्न सकेका थिएनन् ।

यता क्रिस्टियानो रोनाल्डोले भने सन् २०११ देखि यता लगातार ५० गोल पुरा गरेका छन् । मेसीले ५० गोल पुर्याउन नसकेको वर्ष २०१३ मा उनले ६९ गोल गरेका थिए । तर मेसीले त्यसअघि सन् २०१२ मा ९१ गोल गर्दै विश्व कीर्तिमान नै कायम गरेका थिए ।

रोनाल्डो र मेसी दुवै हाल आ-आफ्नो लिगमा सर्वाधिक गोलकर्ता होडको शीर्षस्थानमा छन् । लिगमा फितलो सुरुवात गरेका रोनाल्डोले हालसम्म १४ गोल गरिसकेका छन् । मेसीले पनि बार्सिलोनाका लागि १५ गोल गर्दै शीर्ष स्थानमा पकड बनाएका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.