default_image

5 years ago

December 30, 2018

चेल्सीले क्रिस्टल प्यालेसलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार लन्डन डर्बीमा चेल्सीले क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा १-० को जित दर्ता गरेको छ । चेल्सीको जितमा एकमात्र गोल मिडफिल्डर एन’गोलो कान्टेले गरे । उनले दोस्रो हाफको ५१ औं मिनेटमा विजयी गोल गरेका थिए । त्यसअघि पहिलो हाफमा चेल्सीको दुई प्रहार पोस्टमा लाग्दा अग्रता लिन असफल रहेको […]

22 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार लन्डन डर्बीमा चेल्सीले क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा १-० को जित दर्ता गरेको छ ।

चेल्सीको जितमा एकमात्र गोल मिडफिल्डर एन’गोलो कान्टेले गरे । उनले दोस्रो हाफको ५१ औं मिनेटमा विजयी गोल गरेका थिए । त्यसअघि पहिलो हाफमा चेल्सीको दुई प्रहार पोस्टमा लाग्दा अग्रता लिन असफल रहेको थियो । चेल्सीका लागि रस बार्क्लीले प्रहार गरेको एक्रोब्याटिक प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

यस जितसँगै चेल्सीले अंक तालिकाको चौथो स्थानमा ५ अंकको अग्रता कायम गरेको छ । चेल्सीको २० खेलमा ४३ अंक छ भने आर्सनल २० खेलमा ३८ अंक जोड्दै पाँचौ स्थानमा छ । शीर्ष स्थानको लिभरपुलले २० खेलमा ५४ अंक जोडेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.