default_image

7 years ago

December 31, 2018

एकै खेलमा १० गोल, एनआरटी र मछिन्द्रको बराबरी

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जारी लिगकै उच्च गोलको वर्षा भएको खेलमा न्युरोड टिम एनआरटी र मच्छिन्द्रले ५–५ गोलको बराबरी खेल्दै अंक बाँँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा मच्छिन्द्रले खेलमा चारपटक अग्रता लिएर पनि जित निकाल्न सकेन । मच्छिन्द्रका विशाल राईले २ तथा भासाडिया डियामान्डे, खामिर गिल्सन कन्दङ्वा र अनिल गुरुङले समान १ गोल गरे । एनआरटीका अशोक थापाले २ तथा सुशिल लामा र कोवासी जिन डिडियरले समान १ गोल गर्दा १ गोल उपहार पाएको थियो ।

पहिलो हाफमै ८ गोल निस्किएको खेलमा मच्छिन्द्रले खेलको चौथो मिनेटमा भासाडिय डियामन्डेले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । नवौ मिनेटमा मच्छिन्द्रका गोलरक्षकले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । तर, १०औं मिनेटमा विशाल राईले गोल गरेपछि मच्छिन्द्रले खेलमा २–१ को अग्रता बनायो । २८औं मिनेटमा खामिर गिल्सनले तथा ३०औं मिनेटमा अनिल गुरुङले गोल गरेपछि मच्छिन्द्रले खेलमा ४–१ को अग्रता बनायो ।

दुई मिनेटको अन्तरमा अशोक थापाले दुई गोल गरेपछि एनआरटीले खेलमा फर्कने संकेत दिएको थियो । अशोकले ३३औं र ३५औं मिनेटमा गोल गरेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सुशिल लामाले गोल गरेपछि पहिलो हाफ ४–४ गोलको बराबरीमा सकिएको थियो । ६४औं मिनेटमा विशाल राईले व्यक्तिगत दोस्रो तथा टिमको लागि पाँचौ गोल गरेपछि मच्छिन्द्रले खेलमा ५–४ को अग्रता लियो । खेल सकिन ४ मिनेट बाँकी रहँदा कोसावीले गोल गरेपछि खेल ५–५ गोलको बराबरीमा सकियो ।

जारी प्रतियोगितामा यो यस खेलमा सबैभन्दा धेरै गोल निस्किएको हो । यसअघि लिगमा ६ गोलको नतिजा निस्किएको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.