default_image

5 years ago

January 1, 2019

इस्को चेल्सी जाने सम्भावना न्यून

एजेन्सी – रियल म्याड्रिड मिडफिल्डर इस्को जनवरी ट्रान्सफर विन्डोमा इंग्लिस क्लब चेल्सी पुग्ने सम्भावना न्यून भएको छ । स्पेनिस मिडफिल्डरले राखेको तलबको प्रस्ताव चेल्सील नकारेसँगै उनको प्रिमियर लिग खेल्ने सम्भावना कम भएको हो । चेल्सीले लामो समयदेखि इस्कोलाई आफ्नो लक्ष्य बनाउँदै आएको थियो । रियालमा नयाँ प्रशिक्षक सान्टियागो सोलारीको आगमनसँगै इस्को पहिलो रोजाइमा पर्न सकेका […]

33 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड मिडफिल्डर इस्को जनवरी ट्रान्सफर विन्डोमा इंग्लिस क्लब चेल्सी पुग्ने सम्भावना न्यून भएको छ । स्पेनिस मिडफिल्डरले राखेको तलबको प्रस्ताव चेल्सील नकारेसँगै उनको प्रिमियर लिग खेल्ने सम्भावना कम भएको हो ।

चेल्सीले लामो समयदेखि इस्कोलाई आफ्नो लक्ष्य बनाउँदै आएको थियो । रियालमा नयाँ प्रशिक्षक सान्टियागो सोलारीको आगमनसँगै इस्को पहिलो रोजाइमा पर्न सकेका छैनन् । यसका कारण इस्कोले क्लब छाड्ने सम्भावना झनै मजबुत बनेको थियो । चेल्सीले इस्कोलाई क्लबमा ल्याउन क्लबसँग सहमति गरेपनि खेलाडीको माग भने एक्कासी बढेपछि क्लब पछाडी हटेको हो ।

चेल्सीले इस्कोलाई २ लाख ५० हजार पाउण्ड प्रति सातासँगै एजेन्ट फी र अनुबन्ध गर्दाको बोनस दिन राजी भएको थियो । तर इस्कोले अन्तिम समयमा माग बढाएपछि चेल्सीले इस्को क्लबमा खेल्न भन्दा पनि पैसा कमाउन आउने निर्क्यौल गर्दै उनलाई अनुबन्धन नगर्ने निर्णयमा पुगेको हो । स्पेनका लागि ३४ खेल खेलिसकेका इस्कोले यस सिजन रियल म्याड्रिडका लागि जम्मा ११ खेल खेल्न पाएका छन् ।

इस्कोसँग सम्झौता हुने नसक्ने भएसँगै चेल्सीले आफ्नो ध्यान अर्का मिडफिल्डर तर्फ मोडेको छ । चेल्सीले जर्मन क्लब बोरुसिया डर्टमुन्डका अमेरिकी मिडफिल्डर क्रिस्टियन पुलिसिचलाई क्लबमा ल्याउने प्रस्ताव गरेको छ । यद्यपी पुलिसिचको आगमन जनवरी विन्डोभन्दा सिजन सकिएपछि मात्र हुने बलियो सम्भावना रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.