default_image

7 years ago

January 1, 2019

अब फुटबलमा पनि फ्रेन्चाइज ‘नेपाल सुपर लिग’

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ प्रतियोगिताको रुपमा फ्रेन्चाइज लिग ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र एनएसएमईका निर्वाण चौधरी

विभिन्न नाममा प्रतियोगिता गर्दै निरन्तरता दिन नसकेको एन्फाले फ्रेन्चाइज लिग ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिताको लागि मंगलबार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसँग सम्झौता हस्ताक्षर गरेको छ । सम्झौतामा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टका अध्यक्ष निर्वाण चौधरीले हस्ताक्षर गरे । सम्झौतापछि नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टका अध्यक्ष निर्वाण चौधरीले यो एक प्रयास भएको र एन्फासँग जोडिन पाउनु आफ्नो लागि खुशीको कुरा रहेको बताए ।

एन्फाका अनुसार लिगमा सहभागिता जनाउने टिमको नाम, तयारी र प्रायोजकहरु नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले हेर्नेछ । एन्फाले नेपाली फुटबलको दिगो विकास र विस्तार गर्न विकेन्द्रीकरण नीति अनुसार उपत्यका बाहिर सातै प्रदेशमा फुटबल विकासका लागि लिग गर्न लागेको जनाएको छ ।

निर्वाण चौधरी

एन्फाको आयोजना तथा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको व्यबस्थापनमा हुने फ्रेन्चाइज लिग प्रादेशिक अवधारणाका आधारमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । जसमा ७ प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । सात प्रदेशले सहभागिता जनाउने भएपनि सहभागिता जनाउने नामको टुङ्गो पछि लाग्ने एन्फाले जनाएको छ ।

फ्रेन्चाइज लिगका लागि एन्फाले हाल १४ ‘ए’ डिभिजन क्लबबाट उत्कृष्ट १४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई बाड्दै टिम बनाउने बताएको छ । खेलाडीहरु लोनमा फ्रेन्चाइज लिगमा सामेल हुने र फिफाबाट मान्यता लिने प्रक्रिया अघि बढेको एन्फाले जनाएको छ ।

कर्मा छिरिङ शेर्पा

प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । जसमा लिगका २१ खेल र प्ले अफका ४ गरी कुल २५ खेल हुने एन्फाले जनाएको छ । लिगमा विदेशी खेलाडीले पनि सहभागिता जनाउन पाउने एन्फाले जनाएको छ । फ्रेन्चाइज लिग बैशाख र जेठमा आयोजना गरिने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

यस्तै एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टकै व्यबस्थापनमा विद्यालय स्तरीय लिग आयोजना गर्ने समेत जनाएको छ । करिव ३०० विद्यालयबाट उत्कृष्ट ११ टिम छनोट गरी विद्यालय स्तरीय लिग हुनेछ । करिव ६ महिनासम्म सञ्चालन हुने लिगमा कुल ५५ खेल हुने एन्फाले जनाएको छ ।

पंकज विक्रम नेम्वाङ

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.