काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युवा क्लबले भ्याली च्यासल युथ क्लबलाई २-१ ले पराजित गरेको छ । सरस्वतीले खेलको ५ मिनेट समय बाँकी रहँदासम्म १ गोलले पछि परेको स्थिति उल्ट्याएर च्यासललाई हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा च्यासलले खेलको १४औं मिनेटमा सजिन थापामगरको गोलबाट अग्रता बनाएको थियो । तर, त्यो अग्रता च्यासलले अन्तिम चार मिनेट जोगाउन सकेन ।
खेलको ८६औं मिनेटमा मनिष थापाको गोलबाट सरस्वतीले खेललाई १–१ गोलको बराबरीमा ल्याएको थियो । इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा फ्रान्सिसले गोल गर्दै सरस्वतीलाई २–१ को जित दिलाए ।
सरस्वतीसँगको हारसँगै च्यासलको सुपर सिक्समा पुग्ने सम्भावना न्यु बनेको छ । च्यासलको १२ खेलबाट १६ अंक जोडेर आठौं स्थानमा यथावत छ । सरस्वती समान १२ खेलबाटै १३ अंक जोडेर नवौं सथानमा छ ।
अंक तालिका: