default_image

7 years ago

January 2, 2019

रुस्लान थ्री स्टारलाई हराउँदै संकटा लिगको उपविजेता

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सीएमजी क्लब संकटाले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै लिगको उपविजेता बनेको छ । अमित तामाङले दुवै हाफमा पेनाल्टी दुई गोल गरेपछि संकटा २-१ ले विजयी रहयो ।

संकटा क्लब

थ्री स्टारले खेलको ३० औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । पेनाल्टी क्षेत्रभित्र रन्जन विष्टले दबाबमा रहेको अवस्थामा गरेको फितलो प्रहार गोलरक्षक राजाबाबु थापाले रोक्न नसक्दा संकटा खेलमा पछाडी परेको थियो । पहिलो हाफको २ मिनेट समय बाँकी रहँदा संकटाले खेल बराबरीमा ल्यायो । पेनाल्टी क्षेत्रभित्र सुनिल बलले सौजन राईलाई फल हानेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

दोस्रो हाफको ७७ औं मिनेटमा पनि संकटाले पुन: पेनाल्टी पायो । पिटर सेगुनले सौजन राईलाई पेनाल्टी क्षेत्रको ठिक भित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अमितले पेनाल्टीमा कुनै गल्ति नगरी संकटालाई अग्रता दिलाए ।

यस जितसँगै संकटाले १२ खेलमा ९ जित र १ बराबरीको नतिजासँगै २८ अंक बनाएको छ । तेस्रो स्थानको थ्री स्टार भने १२ खेलमा ७ जित र २ बराबरीसँगै २३ अंकमा नै सिमित भयो । उपविजेता बनेसँगै संकटाले ३५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.