default_image

7 years ago

January 2, 2019

मनाङले शेर्पालाई हरायो, कीर्तिमान बनाउनबाट एक जित टाढा

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनिसकेको मनाङ–मस्र्याङ्दी क्लबले लिगको १२औं चरणको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्दै कीर्तिमानतर्फ अग्रसर भएको छ ।

हल्चोकस्थित एपिएफको खेल मैदानमा शेर्पालाई पराजित गर्न ओलावाले अफिज र विशाल राईले गोल गरे । शेर्पाका लागि विश्वास श्रेष्ठले एक गोल फर्काए । लिगमा अपराजित रहेको मनाङ अब कीर्तिमान बनाउनबाट एक जित टाढा छ । लिगको अन्तिम खेलमा एनआइविएल फ्रेन्डस् क्लबलाई पराजित गर्न सके मनाङले शतप्रतिशत जितको नतिजासहित च्याम्पियन बन्नेछ ।

यसअघि नेपाल पुलिस क्लबले अपराजित रहँदै लिगको जितेको इतिहास रहेको थियो । फ्रेन्डस्विरुद्धको खेलमा बराबरीमा रोकिए मनाङले पुलिससँगको कीर्तिमानसँग बराबरी गर्नेछ ।
प्रतिपर्धात्मक बनेको खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

३६औं मिनेटमा ओलावाले अफिजले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै शेर्पालाई खेलमा फर्काएका थिए । ५३औं मिनेटमा विशाल राईले गोल गरेपछि मनाङले खेलमा २–१ को अग्रता बनायो ।

खेलको ६९ अौं मिनेटमा शेर्पाका विश्वास श्रेष्ठ र मनाङका मोहमद आरिफ रातो कार्ड खाँदै बाहिरिएपछि दुवै टोली १० खेलाडीमा सिमित भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा मनाङ लिगमा १२औं खेलसम्म अपराजित रहन सफल भयो ।

मनाङको १२ खेलबाट ३६ अंक पुगेको छ । पराजित शेर्पा १७ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.