default_image

5 years ago

January 2, 2019

कास्की र बिवाईसी त्रिवेणी कपको सेमिफाइनलमा

लमजुङ (हाम्रो खेलकुद) – बिवाईसी भोटेवडार र कास्की–११ लमजुङमा जारी २७औं त्रिवेणी कप राष्ट्रव्यापी खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की–११ ले नखिपोट युथ क्लब ललितपुरलाई तथा बिवाईसीले सामना युथ क्लब तुरतुरे तनहुलाई पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । लमजुङ सदरमुकाम वेशीसहरस्थित सहजी खेल मैदानमा बुधबार भएको पहिलो क्वाटरफाइनलमा […]

24 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – बिवाईसी भोटेवडार र कास्की–११ लमजुङमा जारी २७औं त्रिवेणी कप राष्ट्रव्यापी खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की–११ ले नखिपोट युथ क्लब ललितपुरलाई तथा बिवाईसीले सामना युथ क्लब तुरतुरे तनहुलाई पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

लमजुङ सदरमुकाम वेशीसहरस्थित सहजी खेल मैदानमा बुधबार भएको पहिलो क्वाटरफाइनलमा कास्की–११ ले अधिकांश ‘ए’ डिभिजन लिगका खेलाडी सम्मिलित नखिपोटलाई १–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । कास्कीको जितमा रोसन केसीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । नखिपोटले बराबरी गोल गर्ने मौका खेर फालेको थियो । पहिलो हाफमै नखिपोटका योगेश गुरुङको पेनाल्टी प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो । त्यसपछि नखिपोटले खेललाई आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

बुधबारै भएको दोस्रो क्वाटरफाइनलमा बिवाईसी भोटेवडारले सामना युथ क्लब तुरतुरे तनहुलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अन्तिम चारम पुग्न सफल भयो । निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

प्रतियोगिताअन्तर्गत बिहिबार सेमिफाइनलका दुई खेल हुने आयोजकले जनाएको छ । दिनको पहिलो खेलमा कास्की–११ ले आयोजक त्रिवेणी सेतोसँग प्रतिस्पर्धा गर्दा बिवाईसी भोटेवडारले सुन्दरबजार फुटबल क्लबको सामना गर्नेछ । प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख ५० हजार तथा सेमिफाइनलमा पराजित हुने टोलीले समान ५०–५० हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाउको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५–१५ हजार रुपैयाँ पाउनेछन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.