default_image

5 years ago

January 3, 2019

सुन्दरबजार र आयोजक त्रिवेणी फाइनलमा

लमजुङ (हाम्रो खेलकुद) – आयोजक त्रिवेणी युवा क्लब र सुन्दरबजार फुटबल क्लब लमजुङ सदरमुकाम शेसीसहरमा जारी २७औं त्रिवेणी कप राष्ट्रव्यापी पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बेसीसहरस्थित सहजी खेल मैदानमा बिहिबार भएको पहिलो खेलमा आयोजक त्रिवेणी युवा क्लबले एन्फा कास्की–११ लाई तथा सुन्दरबजारले उपाधिको दावेदार मानिएको बिवाईसी भोटेवडारलाई पराजित गर्दै उपाधि नजिक पुगेको […]

24 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – आयोजक त्रिवेणी युवा क्लब र सुन्दरबजार फुटबल क्लब लमजुङ सदरमुकाम शेसीसहरमा जारी २७औं त्रिवेणी कप राष्ट्रव्यापी पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

बेसीसहरस्थित सहजी खेल मैदानमा बिहिबार भएको पहिलो खेलमा आयोजक त्रिवेणी युवा क्लबले एन्फा कास्की–११ लाई तथा सुन्दरबजारले उपाधिको दावेदार मानिएको बिवाईसी भोटेवडारलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

बिहिबार भएको पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणीले एन्फा कास्की–११ लाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो । त्रिवेणीलाई फाइनलमा पुर्याउन विदेशी खेलाडी मेन्साह र अनुप गुरुङले गोल गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

पेनाल्टी सुटआउटतर्फ धकेलिन लागेको खेलको अन्तिम समयतिर मेन्साहले गोल गर्दै त्रिवेणीलाई खेलमा अग्रता दिलाएका थिए । उनले डिफेन्डरबाट प्राप्त बललाई कास्कीका गोलरक्षक र डिफेन्डरबीचको तालमेल नमिल्दाको फाइदा उठाउदै गोल गरेका थिए । इन्ज्युरी समयमा अनुपले गोलरक्षक अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गर्दै त्रिवेणीलाई २–० को जित दिलाउदै फाइनलको बाटो देखाए ।

बिहिबारै भएको दोस्रो सेमिफाइनलमा सुन्दरबजार फुटबल क्लबले उपाधिको दावेदार मानिएको बिवाईसी भोटेवडारलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै फाइनलमा आयोजक त्रिवेणीसँगको भेट पक्का गर्यो । निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा सुन्दरबजारले बाजी मारेको हो । फाइनल खेल शनिबार २ बजे सहजी मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख ५० हजार तथा सेमिफाइनलमा पराजित हुने टोलीले समान ५०–५० हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५–१५ हजार रुपैयाँ पाउनेछन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.