7 years ago
January 4, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सिजनको पहिलो हार बेहोरेको छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा सिटीसँग २–१ ले पराजित भएसँगै लिभरपुलले सिजनको पहिलो हार बेहोरेको हो ।

लिभरपुललाई प्रिमियर लिगमा पहिलो हार चखाउन घरेलु टोलीका सर्जियो अग्विरो र लिरोए सानेले गोल गरे । लिभरपुलका रोबर्टाे फिर्मिनोले गोल फर्काए ।
इतिहाद स्टेडियममा घरेलु टोलीले खेलको ४०औं मिनेटमा अग्विरोको गोलबाट खेलमा अग्रता बनाएको थियो । अग्विरोले बर्नार्डाे सिल्भाको पासलाई सदुपयोग गरेको थियो ।
६४औं मिनेटमा रोबर्टाे फिर्मिनोले बराबरी गोल गरेपछि लिभरपुल खेलमा फर्किएको थियो । फिर्मिनोले एलेक्ससन्दर अर्नाेल्ड र एन्ड्रियु रोबर्टसनको वान टु वान पासलाई गोलमा परिणत गरेका थिए ।
७२औं मिनेटमा लिरोए सानेले रहिम स्ट्रलिङको पासमा गोल गरेपछि सिटीले खेलमा २–१ को अग्रता बनायो । त्यसपछि थप गोल हुन नसक्दा सिटीले लिभरपुललाई हार चखायो ।
लिभरपुललाई हराएपछि सिटी उपाधि यात्रामा फर्किएको छ । सिटी २१ खेलबाट ५० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा ४ अंकले मात्रै पछि छ । लिभरपुलको ५४ अंक छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]