default_image

7 years ago

January 5, 2019

ए डिभिजनका दुवै खेल बराबर

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले सरस्वती युथ क्लबसँग बराबरी खेल्दै पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्त्य गरेको छ । त्यस्तै भ्याली च्यासल युवा क्लब र जावलाखेल युवा क्लबको खेल पनि बराबरीमा सकियो ।

पुलिसले एक गोलले पछि परेको अवस्था उल्ट्याएर १–१ गोलको बराबरीको नतिजा निकालेको हो । हल्चोकस्थित एपिएफको मैदानमा शनिबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफको तेस्रो मिनेटमा नै सरस्वतीले खेलमा अग्रता बनाउने मौका खेर फालेको थियो । मनिष थापाको पासमा फ्रान्सिसले बललाई राम्ररी नियन्त्रणमा लिन नसक्दा पुलिसका गोलरक्षक अर्पण कार्कीले अघि बढेर बचाएका थिए ।

२०औं मिनेटमा रमेश तामाङको करव ३० यार्ड टाढाको शक्तिशाली फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो । ३८औं मिनेटमा निर कुमार राईको पासलाई रवि पासवानको प्रहार दोस्रो बारबाट थोरै बाहिरियो । ४१औं मिनेटमा सरस्वतीका फ्रान्सिसको प्रहार पुलिसका गोलरक्षकले मुस्किलले बचाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा रवि पासवानले मैदानको मध्यभागबाटै बल अघि बढाएपनि गोलरक्षकलाई छक्याउदै गरेको प्रहार दोस्रो बारबाट थोरै बाहिरिएको थियो ।

दोस्रो हाफको ५०औं मिनेटमा सरस्वतीले पेनाल्टीमार्फत गोल गर्दै पुलिसविरुद्ध अग्रता बनाएको थियो । पुलिसका हेम तामाङले तीर्थ बस्नेतलाई बक्समा लडाएपछि रेफ्री सुदिश पान्डेले सरस्वतीलाई पेनाल्टीको मौका दिएको थियो । जसलाई भिक्टर अमोमीले सहजै गोल गरे । तर, त्यसको तीन मिनेट पछि नै पुलिसले बराबरी गोल फर्कायो ।

निर कुमार राईको पासमा रवि पासवानले सिक्स यार्ड बक्सबाट वान टचमै गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि पुलिसले सरस्वती माथि लगातार आक्रमण बुनेपनि फिनिसिङ गर्न सकेन । ७२औं मिनेटमा रवि पासवानले खाली पोस्टमा गोल गर्न सकेन । ८१औं मिनेटमा अभिषेक रिजालको क्रसमा हरि कठायतको हेडर गोलरक्षक प्रदीप भट्टराईले सहजै बचाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा निर कुमार राईको क्रसमा अनमार्क रहेका अभिषेक रिजालको हेडर पोस्टबाट थोरै बाहिरिदा पुलिस जितबाट वञ्चित बन्यो । यता, सरस्वतीको केही आक्रमणलाई पुलिसका गोलरक्षक अर्पण कार्कीले विफल पारिदिएका थिए ।

बराबरीपछि पुलिसले लिगमा १३ खेलबाट १९ अंक जोड्दै छैटौ स्थानमा रहेको छ । थ्रीस्टार र हिमालयन शेर्पा बीचको खेलमा शेर्पाले जत निकाले पुलिसले सातौ स्थानमा झर्नेछ । बराबरीमा रोकिएको अवस्थामा भने पुलिसले छैटौ स्थानमा लिगको अन्त्य गर्नेछ । १४ अंक जोडेरको सरस्वतीले नवौं स्थानमा रहेर लिग अन्त्य गर्यो ।

बराबरीपछि सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले शीर्ष ६ भित्र पर्ने योजना बनाएपनि दुई खेल बिग्रदा नवौ स्थानमा रहनुपरेको बताए । उनले यो पोजिसनमा सन्तुष्ट रहेको थपे । यता, पुलिसका प्रशिक्षक अनन्तराज थापाले फिनिसिङमा समस्या हुदा लिगमा लक्ष्यमा पुग्न नसकिएको बताए ।

त्यसअघि दिनको पहिलो खेलमा च्यासल र जावलाखेलको खेल १-१ को बराबरीमा टुंगिएको थियो । खेलको दशौं मिनेटमा जावलाखेलले अरुज सिंहको गोलमा सुरुवाती अग्रता लिएको थियो । च्यासलका लागि छिरिङ गुरुङले ३२ औं मिनेटमा बराबरी गोल फर्काए ।

यस बराबरीले च्यासल १३ खेलमा १६ अंक जोड्दै आठौं स्थानमा रहने भएको छ । जावलाखेलले भने १३ खेलमा १३ अंक जोड्दै दशौं स्थानमा रहेर लिग अन्त्य गरेको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.