7 years ago
January 7, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार भएको खेलमा रियल सोसिडाडले रियल म्याड्रिडको घरेलु मैदानमा २-० को जित दर्ता गरेको छ ।

खेलको तेस्रो मिनेटमा नै पाहुना टोली सोसिडाडले अग्रता लिएको थियो । विलियन जोसेले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । रियलले गोल गर्ने अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेलमा फर्कन असफल रह्यो ।
दोस्रो हाफको ६१ अौं मिनेटमा रियल १० खेलाडीमा समेटियो । फरवार्ड लुकास भाज्केज दोहोरो पहेंलो कार्ड पाउँदै बाहिरिएपछि रियलको खेलमा फर्कने प्रयासमा धक्का पुगेको थियो ।

खेलको सात मिनेट समय बाँकी रहँदा विलियनकै सहयोगमा सोसिडाडले अग्रता दोब्बर पार्यो । विलियनको पासमा रुबेन पार्डोले गोल गर्दै जित पक्का गरे ।
यस जितसँगै रियल अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ । रियलले १८ खेलमा ३० अंक जोडेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा रियल १० अंकले पछाडि छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड ३५, सेभिल्ला ३३ र अलाभेस ३१ अंकसहित शीर्ष स्थानमा छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]