7 years ago
January 8, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा यस सिजन उपाधि दौडमा रहेको लिभरपुल एफए कपको तेस्रो चरणबाट बाहिरिएको छ ।
एफए कप अन्तरगत सोमबार राति भएको खेलमा लिभरपुल प्रिमियर लिग प्रतिद्धन्द्धी वल्भ्ससँग २–१ ले पराजित हुदै एफए कपको तेस्रो चरणबाटै बाहिरिएको हो । लिभरपुलले वल्भ्सविरुद्धको खेलमा अधिकांश युवा खेलाडीहरुलाई मौका दिएका थियो । पहिलो रोजाईमै ९ खेलाडी परिवर्तन भएको थियो ।
वल्भ्सको मैदानमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ३८औं मिनेटमा राहुल जिमिनेजले डिएगो जोटाको पासमा गोल गर्दै घरेलु टोलीलाई अगाडि बढाएका थिए ।
दोस्रो हाफको ५१औं मिनेटमा डिभोक ओरिजीले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसको चार मिनेटपछि रुवेन नेभेसले सुन्दर गोल गर्दै घरेलु टोलीलाई २–१ ले अघि बढाए । उनले करिव ३० यार्डबाट गरेको प्रहार दर्शनीय रुपमा गोलमा परिणत भएको थियो ।
त्यसपछि थप गोल निस्कन नुसक्दा वल्भ्स २–१ ले विजयी हुदै चौथो चरणमा प्रवेश गर्दा लिभरपुल तेस्रो चरणबाटै बाहिरियो । जर्गेन क्लोपको लिभरपुलले लगातार दोस्रो हार बेहोरेको हो । यसअघि लिभरपुल प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]