7 years ago
January 8, 2019
धनगढी (हाम्रो खेलकुद) – सुदुरपश्चिमको धनगढीमा मंगलबारदेखि सुरु हुने नेपाल आइस तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम-११ स्पोर्ट्स क्लब र काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्दैछन् । खेल दिनको २:३० बजे धनगढी रंगशालामा सुरु हुनेछ ।

दुवै टोली मोफसलमा नाम चलेका टोली हुन् । ए डिभिजन लिगका खेलाडी सम्मिलित रहने दुवै टोलीले स्थानीय खेलाडीलाई पनि समेटेका छन् । विदेशी खेलाडी पनि दुवै टोलीबाट खेल्ने प्रबल सम्भावना रहेको छ । सुदूरपश्चिमले जावलाखेलबाट ए डिभिजन लिग खेलेका लावल ओलाकानलाई खेलाउने तयारी गरेको छ ।
यता काक्करभीट्टाले भने मछिन्द्रका विशाल राई ‘ए’ लाई टोलीमा समेटेको छ । यसबाहेक हिमालयन शेर्पा क्लबबाट ए डिभिजन खेलेका गोलरक्षक किशोर गिरि पनि क्लबबाट खेल्ने सम्भावना रहेको छ ।
प्रतियोगिताको खेल तालिका :

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]