default_image

7 years ago

January 8, 2019

कीर्तिमानतिर मनाङको यात्रा

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले यस पटक पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बन्ने पहिलो लक्ष्य पुरा गरिसकेको छ ।

लिगको अन्तिम दिनमा आइपुग्दा अब टोलीको अर्को लक्ष्य भनेको अपराजित रहनु हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने लिगको अन्तिम खेलमा फ्रेन्ड्स क्लबलाई बराबरीमा रोके मनाङले अपराजित रहँदै लिग च्याम्पियन बन्ने नेपाल पुलिस क्लबको यसअघिको कीर्तिमानीसँग बराबरी गर्नेछ ।

यदि फ्रेन्ड्सलाई हराउन सकेमा भने मनाङले अर्को इतिहास रच्ने छ , लिगका सबै खेल जितेर उपाधि उचाल्ने । यसका सबै १२ खेल मनाङले जितिसकेको छ । लिगको ६ दशक भन्दा लामो इतिहासमा मनाङ सर्वाधिक सफल टोली हो ।

टोलीको यो आठौं लिग उपाधि हो । आरसिटीले ६ पटक लिग जित्दा रुस्लान थ्री स्टार क्लब एनआरटीले समान ४ पटक उपाधि जितेका छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.