7 years ago
January 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)- पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब अन्तिम खेलमा पराजित भएको छ ।
अन्तिम खेलमा आज फ्रेण्ड्स क्लबसँग १-० ले पराजित भएपछि च्याम्पियन मनाङले नयाँ कीर्तिमान बनाउन सकेन । यसअघि लगातार १२ खेल जितेको मनाङले अन्तिम खेल पनि जित्दै सबै खेल जितेर लिग उपाधि जित्ने नयाँ कीर्तिमान बनाउने योजना बनाएको थियो ।
तर अन्तिम खेलमा फ्रेण्ड्स त्यसको बाधक बन्यो । इन्जुरी टाइमको छैटौं मिनेटमा विकास लामाले गोल गरेपछि फ्रेण्ड्सले मनाङलाई स्तब्ध बनाएको हो । उनले अनिल महर्जनको फ्रिकिकमा गोल गरेका थिए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङलाई फ्रेण्ड्स १-० ले हरायो । लगातार ११ खेल जित्दै दुई खेल अगावै लिगको उपाधि पक्का गरेको मनाङको अन्त्य भने सुखद हुन सकेन ।
मनाङले दोस्रो हाफमा पटक पटक अवसर पाएपनि सदुपयोग गर्न सकेन । पहिलो हाफको इन्जुरी टाइममा आफिज ओलावाले गरेको गोल अफसाइड भएको थियो ।
च्याम्पियन मनाङले लिगको ट्रफीसँगै नगद ५० लाख पुरस्कार समेत पक्का गरेको छ । यस्तै मनाङले म्याच फि को रुपमा १२ खेलबाट ६ लाख पाएको छ। एन्फाले प्रत्येक खेलको विजेता टिमलाई नगद ५० हजार दिने घोषणा गरेको थियो ।
लिगको ६ दशक भन्दा लामो इतिहासमा मनाङ सर्वाधिक सफल टोली हो । टोलीको यो आठौं लिग उपाधि हो । घरेलु लिगमा आठ पटक लिग जित्ने मनाङ एक्लो टोली हो । अहिले बी डिभिजनमा रहेको आरसिटीले ६ पटक तथा रुस्लान थ्री स्टार क्लब र न्यूरोड टिम एनआरटीले समान ४ पटक लिग उपाधि जितेका छन् । मनाङले यसअघि २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० मा ए डिभिजन लिग जितेको थियो ।
यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै थ्री स्टार, पुलिस जस्ता क्लबलाई हराएको संकटा भने उपविजेता बनेको छ । संकटाले नगद ३५ लाख हात पार्नेछ। १३ मध्ये ८ खेल जितेको संङ्कटाले पनि म्याच फि ४ लाख पाएको छ । यस्तै उपाधि दाबेदार मानिएका थ्री स्टार र आर्मी भने क्रमश: तेस्रो र चौथो भए ।
पल्सर सहिद स्मारक ए डिभिजन लिगमा कसले कति पाए?
मनाङ (च्याम्पियन) : ५० लाख रुपैयाँ
संकटा (दोस्रो) : ३५ लाख रुपैयाँ
थ्री स्टार (तेस्रो) : २५ लाख रुपैयाँ
आर्मी (चौथो) : १५ लाख रुपैयाँ
एपीएफ (पाँचौ) : ७ लाख रुपैयाँ
पुलिस (छैटौँ) : ५ लाख रुपैयाँ
विधागत उत्कृष्ट पाँच जनाले एक-एक थान पल्सर मोटरबाइक हात पार्नेछन् भने फेयर प्ले अवार्ड अनुशासित टिमले पाउनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]