default_image

10 years ago

August 30, 2015

बिमल घर्ती मगर – मैले कहिले पनि घमन्ड गरिन

326 views

0 Bookmark

१३ भाद्र | दिपेन्द्र पोखरेल / हाम्रो खेलकुद

नेपाली फुटबलको उदाउदो तारा बिमल घर्तिमगर सबैको आशा हुन | नेपालको फितलो आक्रमन र गोल गर्न चुक्नुकै कारण नेपाली समर्थकहरुले २२ बर्ष यता कुनै महत्वपूर्ण टाइटलको जित आवाश गर्न पाएका थिएनन |

कतै यै क्रेज र स्टारडमले बिमललाई बिगार्ने हो कि भनेर चिन्ता गर्ने धेरै छन|

मैले कहिलै पनि आफ्नो सफलताको घमन्ड गरेको छैन – बिमल घर्ती मगर |

बिमल घर्ती मगरको नेतृत्वोमा उत्रेको यु १९ टोलिले नेपाललाई टाइटल त जिताए तर बिमल लगायत यो टिमले अझै धेरै प्रमाणित गर्न बाकी छ |

Bimal Gharti Magar

भुटान बिरुद्ध बल नियन्त्रण गर्ने प्र यासमा बिमल घर्ती मगर | तस्बिर – दिपेश तिमल्सिना

पटक पटक बेल्जियमका उत्कृष्ट क्लबहरुसँग गएर आफ्नो प्रतिभा निखार्न पाएका बिमलको क्रेज नेपालमा निकै छ| कतै यै क्रेज र स्टारडमले बिमललाई बिगार्ने हो कि भनेर चिन्ता गर्ने धेरै छन|

यही चिन्तै चिन्तामा बिमल लाई भारत बिरुद्ध को जित पछी पत्रकारहरुले सोधे, बिमल के तिमी आफ्नो स्टारडम समाल्न सक्छौ ? के तिमी यो क्रेजलाई सम्हालेर सबैको आसा पुरा गर्न सक्छौ ?

पत्रकारहरुको प्रश्नलाई सम्बोधन गर्दै बिमलले आफ्नो खेलको र सफलताको कहिले घमन्ड नगरेको बताए |

“मैले कहिलै पनि आफ्नो सफलताको घमन्ड गरेको छैन | मैले जेजे गरेको चु, जे जे गर्न पाएको छु मेरो मेहेनत र मेरो टिमको कारण गरेको छु |”, बिमलले बताए |

“मैले भुटान बिरुद्ध ३ गोल गरे, मेरो आफ्नो गेम राम्रो भयो तर म खुसी थिन | मैले त्यसै दिन आफ्नो भन्दा टिम गेम सुधार्ने बाचा गरेको थिए | हाम्रो गेम पनि सुध्रियो हामीले साफ पनि जित्यौ | त्यो नै मेरो लागि सबैभन्दा खुसी को पल रह्यो | मलाई कोचले धेरै बिश्वास गर्नु भएको छ, मैले व्हाको बिश्वास तोड्न सक्दिन | मैले आफ्नो सफलताको श्रेय सबै कोच र मेरो टिमलाई दिन्छु  | ” , बिमलले थपे  |

यदी नकरात्मक दिशामा नचली आफ्नो अवसरलाई सदुपयोग गरे बिमल भविस्यमा पक्कै पनि सिनियोर टिमको बिडो थाम्ने छन |

पत्रकारहरुलाई दिएको प्रतिकृया सुन्दा बिमलले साचै नै  नेपाली फुटबललाई खाचो परेको महारथी बन्ने छन भन्ने बिश्वास गर्न सकिन्छ तर बिमल र नेपाली फुटबल्को भविश्य पक्कै पनि समयले नै बताउने छ |

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.