7 years ago
January 16, 2019
म्याड्रिड (एजेन्सी)– सुपर स्टार क्रिस्टियानो रोनाल्डो विक्री गरेकोमा विलियम कार्भाल्होले रियल म्याड्रिडको आलोचना गरेका छन् । २ सय मिलियन युरोमा पनि आफुले भए पोर्चुगिज सुपर स्टारलाई नबेच्ने उनले बताएका छन् ।

रियल भने कीर्तिमानी खेलाडीलाई विक्री गरेयता यो सिजन गोल र एकरुपताको प्रदर्शनका लागि संघर्षरत रहेको छ । रोनाल्डो सिजनको सुरुवातमा रियलबाट युभेन्ट्स पुगेका थिए । यता रोनाल्डोले भने नयाँ क्लबमा पनि आफुलाई स्थापित बनाउने क्रममा रहेका छन् । इटालियन सिरि एमा खेलेका १९ खेलमा रोनाल्डोले १४ गोल गर्नुका साथै ५ गोलमा एसिस्ट गरेका छन् ।
समकालिन खेलाडीमध्ये विश्वकै उत्कृष्ट खेलाडीलाई कुनै पनि मुल्यमा बेन्च नहुने रियल बेटिसका काभार्लोले बताएका छन् । ५ पटकका बालोन डी ओर विजेता रोनाल्डोलाई रियलले मिस गरिरहेको अनुमान गरिएको छ ।
‘रोनाल्डोलाई विश्वका कुनै पनि टोलीले लिन चाहन्छ । तर रियलले भने उनलाई अलिक कमजोर आक्यो ,’ उनले भने, ‘उनी नयाँ क्लबमा पनि राम्रो गरिरहेका छन् । युभेन्ट्समा उनले अझै गोल गर्नेछन् । तर उनले किन क्लब छाडे मलाई थाहा छैन । उनी जति सक्दो राम्रो गर्न प्रयासरत छन् ।’
युभेन्ट्स सिरि ‘ए’को शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानको नेपोली भन्दा युभेन्ट्सको ९ अंक बढी छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]