7 years ago
January 15, 2019
वीरगन्ज (हाम्रो खेलकुद) – झापा–११ फुटबल क्लब वीरगन्जमा जारी दोस्रो विशाल मेमोरियल गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँचथरमा सोमबार फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको झापाले भारतको रोयल एफसी सिलगुडीलाई ४–२ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

वीरगन्जको नारायणी रंगशालामा मंगलबार भएको खेलमा झापाले खेलको सातौ मिनेटमा नै आशिष चापागाईंको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफको २३ औं मिनेटमा आशिषले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६०औं मिनेटमा सिलगुडीका सिद्धान्त क्षेत्रीले गोल गरेपछि खेल २–१ को रोमाञ्चक मोडमा पुगेको थियो । लगत्तै झापाका शक्ति राईले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएका थिए । ७५ औं मिनेटमा करण राईले गोल गर्दै सिलिगुडीलाई खेलमा फर्काए । तर, ७९ औं मिनेटमा विकास लिम्बूले गोल गरेपछि झापा ४–२ ले विजयी हुन सफल भयो ।
सेमिफाइनलको पहिलो खेल वीरगन्ज–११ र काठमाडौको हिमालयन शेर्पाका बीच हुने फाउन्डेशनका अध्यक्ष अनिल प्रसाद कलवारले बताए । नेपाल र भारतका ८ वटा टिम सहभागी प्रतियोगिताको विजेताले नगद ५ लाख ५५ हजार र उपविजेताले २ लाख ७७ हजार नगद पुरस्कार र शिल्ड प्राप्त गर्नेछन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]