7 years ago
January 15, 2019
दिपक बोहोरा, पाँचथर
पहाडी जिल्ला पाँचथर फुटबल क्रेज भएको जिल्ला हो । यहाँ गतवर्ष मात्र ३ ठुला प्रतियोगिताहरु आयोजना भएको थियो । सोमबारै मात्र फालुनन्द गोल्डकपको दशौं संस्करण पनि सकिएको छ । त्रिभुवन आर्माीलाई हराउँदै झापा ११ ले मोफसलमा सिजनको पहिलो उपाधि जीत्न सफल भयो ।

राष्ट्रिय विभूति तथा महागुरुको नाममा स्थापित फाल्गुनन्द गोल्डकपमा १६ लाख बराबरको टिकट विक्री भएको आयोजकले जानकरी दिएका छन् । पुस २१ गते बाट ३० गते सम्म सञ्चालन भएको प्रतियोगितामा १६ लाख बराबरको रकम टिकटबाट उठेको हो ।
दशौं संस्करणमा उद्धघाटन खेलले धमाकेदार सुरुवात गरेको थियो । आयोजकले अपेक्षा गरेभन्दा बढी दर्शक उद्घाटन खेलमा आएका थिए । झापा ११ र ताप्लेजुङबीचको खेलमा अहिलेसम्मकै सर्वाधिक दर्शक आएर हौसला मिलेको फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले बताए । उद्घाटन खेलमा एक सय दरका टिकट राखिएको थियो । जसमा टिकट विक्रीबाट मात्र एक लाख ५२ हजार २ सय संकलन भएका क्लबका महासचिव पासाङ तामाङले जानकारी दिए ।
महासचिव तामाङका अनुसार दोस्रो खेलमा आयोजकसँग मोरङ ११ को खेल थियो । तर, अपेक्षित टिकट बिक्री भने भएन । विदेशी खेलाडीलाई आयोजकले खेलाएको भन्दै आलोचना भइरहेको बेला टिकट विक्री भने ९० हजार ४ सयमात्र भएको थियो । तेस्रो खेलमा आयोजकले टिकट दर १ सय ५० रुपैयाँ कायम गर्यो । झापा ११ र एपीएफबीच भएको खेलमा फेरि एक लाख १४ हजार ७ सय टिकटबाट संकलन भयो ।
आयोजक फिदिम स्पोर्टिङले आर्मीसँग प्रतिस्पर्धा गर्दा फेरि टिकट बिक्रीमा मन्दी आयो । दर्शकले विदेशी खेलाडीलाई स्थान दिएको भन्दै आयोजकलाई फेरी एकपटक साथ दिएनन् । यस खेलबाट ८३ हजारमात्र टिकट विक्रीबाट संकलन भएको थियो ।
सुनसरी र सरस्वती युथ क्लबबीच भएको पाँचौ खेलमा एक लाख २ हजार ५ सय, छैटौ खेलमा रोयल एफसी दार्जी्लिङ र ब्वाइज युनियन काठमाडौँले खेलेका थिए । उक्त खेलको टिकट बिक्रीबाट ९७ हजार २ सय रुपैयाँमात्र संकलन भएको आयोजकले जनायो ।
दुई सेमिफाइनल खेलमा भने आयोजकले टिकट दर बढाएर दुई सय कायम गर्यो । पहिलो सेमिफाइनल खेल झापा ११ ले सरस्वती युथसँग खेलेका थियो । यो खेलमा अहिलेकै सर्वा्धिक एक लाख ८६ हजार ६ सय रुपैयाँको टिकट विक्री भएको आयोजकका महासचिव तामाङले बताए । त्यस्तै अन्तिम सेमिफाइनल खेलमा आर्मी र रोयल एफसीले भिडेका थिए । जसमा एक लाख ७५ हजार ७ सय टिकटबाटद संकलन भएको थियो ।
आठ खेल सम्पन्न हुँदा आयोजकले जम्मा १० लाख २ हजार ३ सय रुपैयाँको टिकट बिक्री गर्यो ।
फाइनल खेल झापा ११ र आर्मीबीच खेलमा आयोजकले टिकट डर २ सय ५० रुपैयाँ राखेको थियो । त्यस खेलबाट आयोजकले ६ लाख ४५ हजारको टिकट विक्री गरेको आयोजकले जानकारी दिएको हो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]