7 years ago
January 15, 2019
एजेन्सी – सिरियामाथि रोमाञ्चक जित निकाल्दै अष्ट्रेलिया एसियन कपको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । एसियन कप अन्तरगत समूह ‘बी’ को अन्तिम खेलमा सिरियालाई ३–२ ले पराजित गर्दै अष्ट्रेलिया समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो ।

यो समूहबाट जोर्डन समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो । जोर्डनले ३ खेलबाट २ जित र १ बराबरीसहित ७ अंक जोड्यो । अष्ट्रेलिया ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो । प्यालेस्टाइन २ तथा सिरिया १ अंक जोडेर तेस्रो र चौथो स्थानमा रह्यो ।
युनाइटेड अरब इमिरेट्स (युएईं) स्थित खालिफा पिन जायद स्टेडियममा मंगलबार भएको खेलमा अष्ट्रेलियालाई जिताउन एवेर मविल, क्रिस्टोफोर इकोनोमिडिस र टोम रोजिकले गोल गरे । सिरियाका लागि ओमार ख्रिविन र ओमर अल सोमाहले गोल गरे ।

निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा अष्ट्रेलियाले खेलको ४१औं मिनेटमा एवेर मविलको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । तर, त्यसको दुई मिनेटपछि नै सिरियाका ओमार ख्रिविनले बराबरी गोल फर्काए ।
५४औं मिनेटमा क्रिस्टोफोरले गोल गर्दै अष्ट्रेलियालाई २–१ को अग्रता दिलाए । उनले टोम रोजिकको पासलाई गेलमा परिणत गरेका थिए । ८०औं मिनेटमा सिरियाले पेनाल्टीमार्फत गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।
अष्ट्रेलियाका मिलोस डिजिनिकले सिरियाका ओमर अल सोमाहलाई बक्सभित्र लडाएपछि रेफ्रीले सिरियालाई पेनाल्टीको मौका दिएको थियो । जसलाई ओमर सोमाहले गोल गरे । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा टोम रोजिकले गोल गर्दै अष्ट्रेलियालाई ३–२ को रोमाञ्चक जित दिलाए । यही समूहको अर्काे खेलमा जोर्डन र प्यालेस्टाइनले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]