7 years ago
January 16, 2019
एजेन्सी – दक्षिण कोरिया र चीन समूह ‘सी’ बाट एसियन कप फुटबलको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । कोरिया समूह विजेता तथा चीन समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो ।

युएईंस्थित अल नायन स्टेडियममा बुधबार भएको खेलमा दक्षिण कोरियाले चीनलाई २–० ले पराजित गर्दै समुहमा अपराजित रहन सफल भयो । दक्षिण कोरियासँग पराजित भएपनि चीन अर्काे चरणमा प्रवेश गर्न सफल भयो ।
कोरियाको जितमा युई जो ह्वाङ र मिन जाइ किमले गोल गरे । खेलको १४औं मिनेटमा दक्षिण कोरियाले युई जो ह्वाङको गोलबाट अग्रता लिएको थियो । ह्युङ मिन सनलाई बक्समा लडाएपछि दक्षिण कोरियाले पेनाल्टीको मौका पाएको थियो । जसलाई युई जो ह्वाङले सदुपयोग गरे । ५१औं मिनेटमा मिन जाइ किमले ह्युङ मिन सनबाट कर्नरमा आएको बललाई हेडरमार्फत गोल गर्दै टोलीको जित पक्का गरे ।
जितपछि कोरियाले ३ खेलबाट ९ अंक जोड्यो । कोरियासँग पराजित चीनले समूह ६ अंक जोड्यो । यही समूहको अर्काे खेलमा किर्गिस्तानले फिलिपिन्सलाई ३–१ ले पराजित ग¥यो । जितसँगै किर्गिस्तानले समुहमा ३ अंक जोड्दा फिलिपिन्स अंकविहीन बन्यो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]