7 years ago
January 20, 2019
एजेन्सी – स्विडिस सुपरस्टार ज्लाटन इब्रहिमोभिचले क्रिस्टियानो रोनाल्डो युभेन्ट्स जानु चुनौतीपूर्ण निर्णय नभएको बताएका छन् । इब्रहिमोभिचले रोनाल्डोले युभेन्ट्सको अग्रपंक्ति सम्हाल्नु सामान्य विषय रहेको अभिव्यक्ति दिएक हुन् ।

सिजनको सुरुवातमा रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्ट्स आएका रोनाल्डोले २५ खेलमा १५ गोल गरेका छन् । १ सय मिलियन पाउण्डमा युभेन्ट्स आएका रोनाल्डोले करिअरमा नयाँ चुनौतीको सामना गर्न युभेन्ट्स आएका बताएका थिए । इब्राहिमोभिचले रोनाल्डोले असली चुनौती चाहेको भए कमजोर टोलीमा जानुपर्ने बताएका हुन् ।
‘रोनाल्डोले नयाँ चुनौती खोज्ने भन्दै लगातार इटालियन लिगको उपाधि जितिरहेको टोलीलाई रोजे । युभेन्ट्सले लगातार लिग उपाधिसँगै अन्य प्रतियोगितामा पनि राम्रो प्रदर्शन गरिरहेको छ,’ इब्राले थपे, ‘उनले साँच्चै चुनौती चाहेको भए केहि वर्ष अगाडी दोस्रो श्रेणीको टोली रोज्नुपर्थ्यो । उक्त क्लबलाई विजयी बनाएर सफलता हात पार्नुपर्थ्यो । युभेन्ट्स जानु कुनै चुनौती होइन ।’
रोनाल्डोले इटालियन क्लब गएपछि मेसीलाई पनि आफूले जस्तै नयाँ चुनौतीको सामना गर्न भनेका थिए । रोनाल्डोले आफूले अन्य देशको लिगमा प्रमाणित गरेको र मेसीले पनि सोहि किसिमको यात्रा तय गर्न भनेका थिए । त्यसको जवाफमा मेसीले आफ्नो करिअर बार्सिलोनामा नै सक्ने बताएका थिए ।
इब्राहिमोभिचले भने लामो समयदेखि क्रिस्टियानो रोनाल्डोलाई लिएर फरक अभिव्यक्ति दिंदै आएका छन् । उनले डिसेम्बरमा आफ्नो रोजाइको सर्वश्रेष्ठ ११ रोज्दा रोनाल्डोलाई टोलीमा समावेश गरेका थिएनन् । उनले पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोलाई प्राकृतिक रुपमा क्षमता नभएको खेलाडीको संज्ञा दिएका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]