7 years ago
January 17, 2019
सिमरा (हाम्रो खेलकुद)– रुस्लान सिमरा गोल्डकपको दशौं संस्करण आज सुरु हुँदैछ । सिमरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लव र मकवानपुर ११ बीच प्रतिस्पर्धा हुनेछ ।

७ ए डिभिजन क्लब, आयोजक जनगाजृति, मकवानपुर र विशाल मेमोरियल फाउन्डेसन गरि प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । साविक विजेता त्रिभुवन आर्मी क्लब सहित ए डिभिजनका रुस्लान थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, सिएमजी संकटा, हिमालयन शेर्पा क्लब, सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
थ्री स्टार सुदूरपश्चिमाञ्चलमा जारी खप्तड गोल्ड कपको फाइनल पुगिसकेको छ । विजेता र दोस्रो हुने टोलीले पाउने पुरस्कार रकममा गत वर्षभन्दा ४९ हजार रुपैयाँ बृद्धि गरिएको क्लबका अध्यक्ष कसिम मियाले जानकारी दिए ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिने बताइएको छ । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, हाई स्कोरर, फरवार्ड र प्रशिक्षकलाई समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पाउने आयोजक क्लबका महासचिव शम्भुसिंह ठकुरीले बताए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]