default_image

7 years ago

January 17, 2019

रुस्लान सिमरा गोल्डकपमा आयोजकको विजयी सुरुवात

101 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – आयोजक नवजनजागृति युवा क्लबले सिमरामा सुरु भएको रुस्लान सिमरा गोल्डकपको दशौं संस्करणमा विजयी शुरुवात गरेको छ ।

घरेलु मैदानमा स्थानिय यूवा खेलाडीले भरिएको नवजनजागृतिले मकवानपुर ११ हेटौंडालाई ३–० ले पराजित गरेको छ । घरेलु टोलीको जितमा निरज थापामगरले २ र प्रज्वल थापामगरले अर्को गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएपनि दोश्रो हाफमा मकवानपुरमाथि आयोजक सिमरा हावी भयो । ४६ औं मिनटमा आयोजकका सुरज ठकुरीले हानेको फ्रिकिक मकवानपुरका गोलरक्षक अनिष देउलाले समहाल्न नसक्दा आयोजकले अग्रता लियो । गोलरक्षक अनिषले पञ्च गरेको रिवाउण्ड बललाई निरजले गोलमा परिणत गरे ।

खेलको ६० औं मिनटमा आयोजकका लागि प्रज्वलले अग्रता दोव्वर पारे । मकवानपुरका डिफेण्डरले क्लिएर गर्न नसकेको बल डिबक्स भित्रै खोस्न सफल प्रज्वलले सहजै गोल गरे । ७१ औं मिनटमा मोहित गुरुङको क्रसमा निरजले व्यक्तिगत दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

जितपछि आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले स्थानिय खेलाडीले भरिएको टिमको प्रदर्शनबाट आँफू खुसी रहेको बताए । दुइदिन अघि वीरगञ्जमा त्रिभूवन आर्मींसंग भोगेको पराजयले कमजोरी पहिल्याउन मद्दत गरेकाले मकवानपुर विरुद्ध खेल्न सहज भएको क्षत्रीले बताए ।

मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले दोश्रो हाफमा आक्रामक खेल्न खोज्दा पराजय बेहोर्नु परेको बताए । जुनियर खेलाडी रहेको टिमको प्रदर्शन सञ्तोषजनकनै रहेको श्रेष्ठले बताए ।

म्यान अफ दी म्याच आयोजक टोलीका निरजले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा शुक्रबार विशाल मेमोरियल फाउण्डेशन वीरगञ्ज र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिताको उद्घाटन गरेका थिए । १२ माघ सम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ७ सहित १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले ६ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.