default_image

7 years ago

January 20, 2019

चीन र भियतनाम एसियन कपको क्वाटरफाइनलमा

218 views

0 Bookmark

एजेन्सी –चीन र भियतनामा युएईंमा जारी एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

चीनले एक गोलले पछि परेको स्थिति उल्ट्याएर थाइल्यान्डलाई २–१ ले पराजित गर्दै एसियन कपको अन्तिम आठमा पुग्न सफल भएको हो । यता, भियतनामले जोर्डनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो ।

युएईंस्थित हाजा विन जायद स्टेडियममा आइतबार राति भएको खेलमा सुरुवाती अग्रता थाइल्यान्डले लिएको थियो । थाइल्यान्डका सुपाचाईं जाइडेडले गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाएका थिए । तर, थाइल्यान्डले त्यो अग्रता दोस्रो हाफमा कायम राख्न सकेन ।
६७औं मिनेटमा झि छियोलो चीनका लागि बराबरी गोल फर्काए । ७१औं मिनेटमा लिन गाओले पेनाल्टीमार्फत गोल गरेपछि चीनले खेलमा २–१ को अग्रता बनायो । त्यसपछि थप गोल निस्कन नसक्दा चीन विजयी हुन सफल भयो । अब चीनले क्वाटरफाइनलमा इरान वा ओमानबीचको विजेतासँग खेल्नेछ ।
आइतबार राति नै अर्काे खेलमा भियतनामले जोर्डनलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त समयमा गोल निस्कन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
पेनाल्टी सुटआउटमा नोजोक हाइ क्यु, हुङ डुङ डो, लुवङ छ्वान त्रुङ र टिन डुङ बुईले गोल गरे । मिन भुङ ट्रानले गोल गर्न सकेनन् । जोर्डनका बाहा अब्दुलरहमान र अहमेद हामडौनीले मात्र गोल गर्न सकेन । बाहा फैजल अहमेद समिरले गोल गर्न सकेनन् ।
त्यसअघि अल मक्टम स्टेडियममा भएको खेलमा जोर्डनले खेलको ३९औं मिनेटमा बाहा अब्दुलरहमानको गोलबाट खेलमा अग्रता बनाएको थियो । ५१औं मिनेटमा कोङ फुङ न्युगेनले भियतनामका लागि बराबरी गोल फर्काएका थिए । अब भियतनामले जापान र साउदी अरेबियाबीचको विजेतासँग खेल्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.