default_image

7 years ago

January 21, 2019

शीर्षस्थानको बार्सिलोनाले लेगानेसलाई हरायो

125 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गतको खेलमा अंक तालिकाको शिर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु मैदानमा लेगानेसलाई ३-१ ले पराजित गरेको छ। बार्सिलोनाको जितमा ओस्माने डेम्बेले, लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरे।

Messi Suarez

खेलमा ७१ प्रतिशत पोजेसन राख्दै हावी रहेको बार्सिलोनाका लागि ३२ औं मिनेटमा डेम्बेलेले अग्रता दिलाए। पहिलो हाफमा पछि परेको भ्रमणकारी टोलीका लागि मार्टिन ब्राइथवेटले ५७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

बार्सिलोनाका उरुगेली फरवार्ड स्वारेजले ७१ औं मिनेटमा पुनः बार्सिलोनालाई अग्रता दिन सफल भए । दोस्रो हाफमा ६४ औं मिनेटमा कार्लेस एलेनाको स्थानमा मैदान प्रवेश गरेका मेस्सीले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।

बार्सिलोनाले जितसंगै अंक तालिकामा ५ अंकको अग्रता बनायो। २० खेलमा १४ जित र ४ बराबरीका साथ बार्सिलोनाको ४६ अंक छ भने दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४१ अंक र तेस्रो स्थानको रियल म्याड्रिडको ३६ अंक रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.