default_image

7 years ago

January 26, 2019

रुस्लान सिमरा गोल्ड कप- थ्री स्टारलाई ४ व्यक्तिगत पुरस्कार, शुसिल सर्वोत्कृष्ट

135 views

0 Bookmark


सुनिल गाँउले

सिमरा – रुस्लान थ्री स्टार क्लबले पहिलो पटक रुस्लान सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जित्दा व्यक्तिगत उपाधिमा पनि सोही क्लबका खेलाडी र प्रशिक्षकको दबदबा रह्यो ।


त्रिभुवन आर्मी क्लबसँग निकै प्रतिस्पर्धात्मक रहेको खेलमा थ्री स्टारले सडन डेथमा पुगेर खेल आफ्नो पक्षमा पारेको थियो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

पेनाल्टी सुट आउटमा पनि ४–४ को बराबरीपछि सडन डेथमा थ्री स्टार ७–६ ले विजयी भयो । ६–६ को बराबरीपछि आर्मीका सुमन अर्यालको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले रोके । त्यसपछि रञ्जन विष्टले गोल गर्दै थ्री स्टारलाई पहिलो पटक सिमरा गोल्ड कप जिताउन भूमिका खेले । यो थ्री स्टारको पहिलो उपाधि हो ।

थ्री स्टारका शुसिल राई प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले यामाहाको मोटरसाइकल जिते । पेनाल्टी र सडन डेथमा ३ पेनाल्टी रोक्दै म्यान अफ दी फाइनल समेत बेको थ्री स्टारका एलन उत्कृष्ट गोलकिपर, आडामा डाम्बिया उत्कृष्ट रक्षक र मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए ।

आर्मीका सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर, आर्मीका टंक बस्नेत उत्कृष्ट फरवार्ड घोषित भए । आयोजक नवजनजागृति क्लब फेयर प्ले टोली घोषित हुँदा सोही टोलीका निकेश थापा उदयीमान खेलाडी बने । उत्कृष्टले जनही २० हजार र उदयीमानले १५ हजार रुपैयाँ प्राप्त गरे ।

१० औं सिमरा गोल्डकपका उत्कृष्ट

सर्वोत्कृष्ट खेलाडी – शुसिल राई (थ्री स्टार)
उत्कृष्ट गोलकिपर – एलन न्यौपाने (थ्री स्टार)
उत्कृष्ट रक्षक – आडामा डाम्बिया (थ्री स्टार)
उत्कृष्ट मिडफिल्डर – सन्तोष तामाङ (आर्मी )
उत्कृष्ट फरवार्ड – टंक बस्नेत (आर्मी)
उत्कृष्ट प्रशिक्षक – मेघराज केसी (थ्री स्टार)
उदयीमान खेलाडी – निकेश थापा (नवजनजागृति)
फेयर प्ले – नवजनजागृति युवा क्लब

सिमराका सर्वोत्कृष्ट खेलाडी

पहिलो संस्करण – नीराजन खड्का
दोस्रो संस्करण – एकिर
तेस्रो संस्करण – विसन गौचन
चौथो संस्करण – शिव श्रेष्ठ
पाँचौं संस्करण – विजय गुरुङ
छैटौं संस्करण – नवयुग श्रेष्ठ
सातौं संस्करण – विमल रानामगर
आठौं संस्करण – विजय गुरुङ
नवौं संस्करण – दिनेश हेमजन
दसौं संस्करण – शुसिल राई

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.