7 years ago
January 26, 2019
एजेन्सी – म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणका प्रवेश गरेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी बर्नलीको चुनौती ५–० ले पन्छाउदै सिटी एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार भएको खेलमा सिटीलाई जिताउन पाँच खेलाडीले गोल गरे । एक गोल उपहार पाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा चार गोल थप्यो ।
२३औं मिनेटमा डानिलोको पासमा गाब्रियल जेससको गोलबाट सिटीले खेलमा अग्रता बनाएको थियो । ५२औं मिनेटमा केभिन डि ब्रुयनको पासमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर बनायो । ६१औं मिनेटमा केभिनले रियाद महारजेको पासमा गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए ।

७३औं मिनेटमा केभिन लङले आत्मघाती गोल गरेपछि सिटीले खेलमा ४–० को आरामदायी अग्रता बनायो । खेल सकिन ५ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीको रुपमा मैद्यान प्रवेश गरेका सर्जियो अग्विरोले पेनाल्टीमार्फ गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए ।
एफए कपका अन्य नतिजाहरु
एकरिन्टन स्टेन्ली विरुछ डर्वी काउन्टी (०–१)
स्वान्सी सिटी विरुद्ध गिल्लिङघम (४–१)
मिडल्सवर्ग विरुद्ध न्य पोर्ट काउन्टी (१–१)
पोर्टस्माउथ विरुद्ध क्वीन्स पार्क रेन्जर्स (१–१)
ब्राइटन विरुद्ध वेस्ट ब्रोमविच अल्वियोन (०–०)
न्यु क्यासल विरुद्ध वाटफोर्ड (०–२)
स्रेसवरी टाउन विरुद्ध वल्भ्स (२–२)
डनकास्टर रोभर्स विरुद्ध ओल्डह्याम एथलेटिक (२–१)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]