7 years ago
January 27, 2019
एजेन्सी – वेल्स तथा स्पेनिस महारथी रियल मड्रिडका फरवार्ड ग्यारेथ वेल प्रशिक्षणमा फर्किएका छन् । बेलसँगै मार्काे एसेन्सियो पनि शनिबार रियलका टिम सहकर्मीसँग सँगै प्रशिक्षण गरेका छन् ।

ला लिगा अन्तर्गत सन् २०१९ को पहिलो खेलमा भिल्लारियलविरुद्ध बेलले काल्फ़मा चोट बोकेका थिए । खेल २–२ गोलको बराबरीमा सकिएको थियो । त्यसयता बेलले चोटका कारण ६ खेल गुमाएका थिए । बेलविना ६ खेल खेलेको रियलले दुई खेल गुमाएको थियो ।
बेल आज राति इस्पान्योलविरुद्धका खेलमा मैदान उत्रने सम्भावना छ । उनलाई मैदान उतार्न प्रशिक्षक सान्टियागो सोलारीले जोखिम मोलेका छन् । रियल र इस्पान्योलबीचको खेल आज राति १ः३० बजे इस्पान्योलको मैदानमा हुदैछ ।
रियल शीर्षस्थानको बार्सिलोनाभन्दा १० अंकले पछि परेको छ । रियल ३६ अंक जोडेर चौथो स्थानमा रहेको छ । रियलले सुरुवाती २० खेलमध्ये ६ खेल गुमाइसकेको छ । बार्सिलोना ४६ अंकसहित शीर्ष स्थानमा रहेको छ । ४४ अंक जोडेको एट्लेटिको मड्रिड दोस्रो तथा सेभियाले गोलअन्तरमा रियललाई पछि पार्दै तेस्रो स्थान रहेको छ ।
रियलका बेलसँगै, टोनी क्रुस, मार्काे एसेन्सियो र केलर नाभास चोटबाट पुनरागमन गर्ने तयारीमा छन् । केही खेलमडीहरु चोटबाट फर्कदै गर्दा रियलका समर्थकहरुले दोस्रो सेसनमा रियलले राम्रो प्रदर्शन गर्ने अपेक्षा रोखेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]