default_image

7 years ago

January 27, 2019

लिग च्याम्पियन मनाङ र राष्ट्रिय जागृति भिड्दै

101 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद) – मदन भन्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलमा आज आइतबार लिग च्याम्पियन सिग्नेचर मनाङ–मर्स्याङदी क्लबले आयोजक राष्ट्रिय जागृति युवा क्लबसँग खेल्दैछ । इटहरी रंगशालामा आज हुने दोस्रो क्वाटरफाइनल खेल दिउँसो २ः३० बजेपछि हुनेछ ।

लिग च्याम्पियन मनाङले लिगपछि मोफसलमा दोस्रो गोल्डकपमा सहभागिता सहभागिता जनाउन लागेको हो । यसअघि मनाङले नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपमा प्रतिस्पर्धा गरेको थियो ।

लिग च्याम्पियन मनाङ पुलिससँग १–० ले पराजित हुदै क्वाटरफाइनलबाटै बाहिरिएको थियो । त्यही हारको पीडालाई बिर्साउदै साविकको उपविजेता मनाङ अघिल्लो चरणमा पुग्ने दाउमा हुनेछ । मनाङ गतवर्ष थ्री स्टारसँग १–० ले पराजित हुदै उपविजेता बनेको थियो ।

शनिबार भएको उद्घाटन खेलमा मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले क्यामरुनको दाफिन्स फुटबल क्लब टाइब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनलमा पुग्न सफल भएको थियो ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ माघसम्म चल्ने प्रतियोगिताको विजेताले १६ लाख रुपैया हात पार्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.