7 years ago
January 30, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । इन्ज्युरी समयमा निल्ससन लिन्डलफले गोल गरेपछि युनाइटेड बर्नलीसँगको सम्भावित हारबाट जोगिएको हो ।

युनाइटेड घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्ट्याएर बर्नलीसँग खेल २–२ गोलको बराबरीमा खेलेको हो । यससँगै युनाइटेडको शत प्रतिशत जित यात्रामा पूर्णविराम लागेको छ । युनाइटेड अन्तरिम प्रशिक्षक ओलने गनर सोल्सजरको प्रशिक्षणमा लगातार ८ खेलमा जित आत्मसात गरेको थियो ।

ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५१औं मिनेटमा एस्ले बार्नेसको गोलबाट युनाइटेड खेलमा पछि परेको थियो । ८१औं मिनेटमा क्रिस वुडले गोल गरेपछि युनाइेड खेलमा २–० ले पछि परेको थियो ।

तर, त्यसपछि युनाइटेडले उच्च प्रदर्शन गर्दै दुई गोल गर्दै बराबरी गर्न सफल भयो । ८७औं मिनेटमा पल पोग्वाले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेला फर्कने संकेत गरेका थिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा निल्ससन लिन्डलफले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।
बराबरी युनाइटेडले चौथो स्थानमा रहेको चेल्सीसँगको अंक बराबरी गर्ने मौका गुमायो । युनाइटेड २४ खेलबाट ४५ अंक जोडेर छैटौ स्थानमा झरेको छ । बर्नली २३ अंक जोडेर १५औं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]