7 years ago
January 30, 2019
एजेन्सी – लन्डन क्लब आर्सनलले कार्डिफ सिटीलाई २–१ ले पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानमा उक्लिएको छ ।

आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै पाँचौ स्थानमा उक्लन सफल भएको हो । युनाइटेड मंगलबार राति नै बर्नलीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । आर्सनलले चौथो स्थानमा रहेको चेल्सीसँग अंक बराबरी गरेपनि गोल अन्तरमा पछि परेको हो । आर्सनलको २४ खेलबाट ४७ अंक पुगेको छ । एक खेल कम खेलेको चेल्सीको पनि ४७ अंक नै रहेको छ । युनाइटेड ४५ अंकसहित छैटौ स्थानमा छ ।

आर्सनलाई घरेलु मैदानमा जित दिलाउन पिएरे एमेरिक औवामियाङ र एलेक्जेन्डर लाकाजेटले गोल गरे । कार्डिफका नाथानिल मेन्डिज लाइङले सान्त्वना गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको ६६औं मिनेटमा औवामियाङले पेनालटीमार्फत गोल गर्दै आर्सनलाई अग्रता दिलाएका थिए । बाम्वाले एलेक्स इओवीलाई फल गरेपछि आर्सनलले पेनाल्टीको मौका पाएको थियो । जसलाई पिएरेले सदुपयोग गरे ।
८३औं मिनेटमा पिएरेकै पासमा लाकाजेटले गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा कार्डिफका नाथीनिलले गोल गरेपनि आर्सनल २–१ ले विजयी हुन सफल भयो ।
लिभरपुल ६० अंक जोडेर लिगको शीर्षस्थानमा रहेको छ । ५६ अंकसहित म्यानचेस्टर सिटी दोस्रो तथा ५१ अंक रहेको टोेटेनहम हस्टपर तेस्रो स्थानमा रहेको छ ।
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]