default_image

5 years ago

February 2, 2019

पुलिस पोखरा कपको क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब पोखरामा जारी छैटौ मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको अन्तिम प्रि–क्वाटरफाइनलमा खेलमा पुलिसले सिएमजी क्लब संकटालाई २–१ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएको हो । पुलिसले खेलमा पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो । […]

15 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब पोखरामा जारी छैटौ मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको अन्तिम प्रि–क्वाटरफाइनलमा खेलमा पुलिसले सिएमजी क्लब संकटालाई २–१ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएको हो । पुलिसले खेलमा पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो ।

पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा संकटाले एलोन म्याक्सवेलको गोलबाट खेलको ११औं मिनेटमा अग्रता बनाएको थियो । ३१औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

५४औं मिनेटमा रवि पासवानले गोल गर्दै पुलिसलाई २–१ ले अघि बढाए । त्ससपछि थप गोल निस्कन नसक्दा तेस्रो संस्करणको च्याम्पियन पुलिस क्वाटर फाइनलमा पुग्न सफल भयो ।

आइतबार पहिलो क्वाटरफाइनलमा रुस्लान थ्री स्टार क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुने आयोजक एन्फा कास्कीले जनाएको छ । प्रतियोगितामा दुई विदेशी टिमसहित १२ टोलीको सहभागिता रहेको छ।

दुई विदेशी टोलीमा जापानको रिस्से विश्व विद्यालय र क्यामरुनको दाफिनास फुटबल टोली रहेका छन् । नेपालका मनाङ–मस्र्याङदी, संकटा, थ्री स्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, हिमालयन शेर्पा, च्यासल, ब्रिगेड ब्वाइज र आयोजकको पोखरा–११ रहेका छन् ।

विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । पाँच विधाका उत्कृष्ट खेलाडीले जनही २५ हजार पाउने छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.