default_image

5 years ago

February 3, 2019

रोनाल्डोको दुई गोल तर, युभेन्टसले जित्न सकेन

एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा पार्मासँग ३–३ गोलको बराबरी खेलेको छ । युभेन्टसका लागि अर्को गोल ड्यानियल रुगानीले थपे । पार्माका जेरभिन्होले दुई तथा एन्टेनियो बारिल्लाले एक गोल थपे । युभेन्टसको घरेलु मैदानमा शनिबार राति भएको खेलको ३६औं मिनेटमा रोनाल्डोल गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० […]

36 views

0 Bookmark

एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा पार्मासँग ३–३ गोलको बराबरी खेलेको छ ।

युभेन्टसका लागि अर्को गोल ड्यानियल रुगानीले थपे । पार्माका जेरभिन्होले दुई तथा एन्टेनियो बारिल्लाले एक गोल थपे । युभेन्टसको घरेलु मैदानमा शनिबार राति भएको खेलको ३६औं मिनेटमा रोनाल्डोल गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को सुरुवाती अग्रता दिलाए ।

६२औं मिनेटमा ड्यानियल रुगानीले गोल गरेपछि युभेन्टस्ले २–० को अग्रता बनायो । त्यसको दुई मिनेटपछि पर्माका एन्टेनियो बारिल्लाले गोल गर्दै पर्मालाई खेलमा फर्काउने संकेत दिए । पुनः दुई मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै युभेन्टसलाई ३–१ ले अघि बढाए ।

७४ औं मिनेटमा जेरभिन्होले गोल गर्दै पर्मालाई ३–२ को अन्तरमा ल्याए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा जेरभिन्होले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

यससँगै पर्माले युभेन्टसबाट अंक खोस्न सफल भयो । बराबरीपछि शीर्षस्थानमा रहेको युभेन्टसको २२ खेलबाट ६० अंक पुगेको छ । युभेन्टसले दोस्रो स्थानको नेपोलीलाई ९ अंकले पछि पारेको छ । पार्मा २९ अंक जोडेर १२औं स्थानमा यथावत छ ।

April 17, 2024

डर्टमुण्ड च्याम्पियन्स लिगको अन्तिम चारमा

एजेन्सी – स्पेनिश क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्ड ले दोस्रो लेगमा ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले […]

April 17, 2024

बार्सिलोनालाई हराउँदै पिएसजी च्याम्पियन्स लिग सेमिफाइनलमा

एजेन्सी – स्पेनिश क्लब बार्सिलोना माथि जित हात पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मान (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो लेग ३-२ ले पराजित भएको पिएसजिले दोस्रो लेगमा पुनरागमन गर्न सफल रह्यो । खेलको […]

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

Success

Thank you for your time.