7 years ago
February 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीले भारतको भुवनेश्वरमा शनिबार सुरु हुने हिरो गोल्डकपको पहिलो खेलमा म्यानमारको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

फिफा वरियता हेर्ने हो भने म्यानमार नेपालभन्दा ६४ स्थान माथि छ । नेपाल १ सय ८ औं स्थानमा छ भने म्यानमार ४४ औं । एसियाली राष्ट्रमध्य पनि म्यानमार नवौं स्थानमा रहेको छ । तर ओलम्पिक छनोटमा नेपाल र म्यानमारको खेल बराबरी सकिएको थियो । नेपालले उक्त खेलमा अग्रता लिएर बचाउन नसक्दा १-१ को बराबरीमा चित्त बुझाउनु परेको थियो ।
ओलम्पिक छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरणमा ऐतिहासिक छनोट सफलता प्राप्त गरेको थियो । त्यसयता नियमित प्रशिक्षणमा रहेका खेलाडीले प्रतियोगिताको लागि झापामा रहेर केहि समय प्रशिक्षण पनि गरे । साफ च्याम्पियनसिपको तयारीका रुपमा रहेको यस प्रतियोगितालाई प्रशिक्षक हरि खड्काले सिक्ने अवसरका रुपमा लिएका छन् ।
नेपालसहित आयोजक भारत, म्यानमार र इरानले यस प्रतियोगितामा सहभागिता जनाएका छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टोलीले उपाधिका लागि शुक्रबार फाइनल खेल्नेछन् । नेपालले दोस्रो खेलमा सोमबार भारत र बुधबार इरानको समान गर्नेछ । नेपालले इरानसँग पहिलो पटक खेल्न लागेको हो । म्यानमारविरुद्ध यसअघि ओलम्पिक छनोटमा बराबरी खेलेको नेपालले भारतलाई पनि पराजित गर्न सकेको छैन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]