7 years ago
February 9, 2019
फुलह्याम (एजेन्सी)– सिजनको पहिलो दिनपछि पहिलो पटक म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिगको शीर्ष चार भित्र पर्न सफल भएको छ ।

पाउल पोग्बाको २ गोलको मद्दतमा शनिबार फुलह्यामलाई ३–० ले हराउँदै युनाइटेड शीर्ष चारमा उक्लन सफल भएको हो । फुलह्यामका लुसियानो भिट्टोले नजिकबाट गरेको प्रहार गोल हुन सकेन ।
तर, पोग्बाले १४ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । एन्टोनी मासियलले २३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई बलियो अवस्थामा पुर्याएका थिए ।
खेल सकिन २५ मिनेट बाँकी रहँदा पोग्बाले पेनाल्टीमा अर्को गोल गर्दै युनाइटेडको जित निश्चित गरे । ओले गुनार सोल्सजरले कार्यवहाक प्रशिक्षकका रुपमा अपराजित यात्राको कीर्तिमान बनाउँदा युनाइटेड चौथो स्थानमा उक्लेको छ ।
एक खेल कम खेलेको चेल्सी (५० अंक) को भन्दा युनाइटेडको १ अंक बढी छ । फुलह्याम १७ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]