default_image

5 years ago

February 10, 2019

नेपालका पूर्व प्रशिक्षक कोजी कम्बोडिया पुगे

75 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक ग्योतोकु कोजीले कम्बोडिया फुटबल संघसँग सम्झौता गरेका छन् । उनले कम्बोडियाको यू-१८ राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्ने छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँग फेब्रुअरीसम्म सम्झौता रहेपनि उनले गत सेप्टेम्बरयता टोलीको जिम्मेवारी सम्हालेका छैनन् । भिसामा समस्या आएपछि नेपाल फर्कन नपाएका जापानी नागरिक कोजी त्यसयता जापानमा नै रहेका थिए । उनले इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा नेपाली टोलीको जिम्मेवारी सम्हालेपछि नेपाल फर्कन पाएनन् ।

कोजी भिसा समस्याले नेपाल आउन नपाउँदा एन्फाले राष्ट्रिय टोलीको प्रशिक्षण जिम्मेवारी बालगोपाल महर्जनलाई सुम्पेको थियो । बंगलादेशमा भएको साफ च्याम्पियनसिपका लागि एन्फाले महर्जनलाई नै जिम्मेवारी दिएको थियो । त्यसयता एन्फाले गत महिना स्विडेनका योहान कालिनलाई मार्चदेखि लागु हुने गरि प्रशिक्षक नियुक्त गरिसकेको छ ।

कोजीको एन्फासँग सम्झौता फेब्रुअरीसम्म रहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । उनको सम्झौता अवधिभरको पारिश्रमिकबारे जापान फुटबल संघसंग छलफल भइरहेको पनि तुलाधरले बताए । ‘ हामीले सेप्टेम्बरसम्म उनलाई तलब दिइसकेका छौं । त्यसपछि के गर्ने भन्ने जापान फुटबल संघसंग छलफलमा छौं । उनको भिसा समस्याका कारण नेपाल आउन नसक्ने भएपछि हामीले उनलाई बोलाउन सकेनौं,’ तुलाधरले भने ।

कोजीको प्रशिक्षक्तवमा नेपालले एएफसी सोलिडारिटी कप जितेको थियो । सन् २०१६ नोभेम्बरमा मलेसियामा आयोजित प्रतियोगिताको फाइनलमा नेपालले मकाउलाई १-० ले पराजित गरको थियो । नेपालले हालसम्म फिफा/एएफसीको औपचारिक उपाधि जितेको यहि नै एकमात्र अवसर हो । यसबाहेक कोजीले नेपालको एएफसी एसियन कप छनोट यात्रामा पनि जिम्मेवारी सम्हालेका थिए । नेपालले छनोटअन्तर्गत घरेलु मैदानमा फिलिपिन्स र यमनलाई गोलरहित बराबरीमा रोकेको थियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.