7 years ago
February 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतको भुवनेश्वरमा जारी हिरो गोल्ड कपअन्तर्गत दोस्रो खेलमा आयोजक भारतको सामना गर्दैछ ।

खेल नेपाली समयानुसार साँझ ७:१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण एन्फाको आधिकारिक स्ट्रिम पार्टनर माइकुजुअन्तर्गत एन्फा टिभीले गर्ने भएको छ । खेलको उक्त प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कममार्फत पनि हेर्न सकिनेछ ।
पहिलो खेलमा म्यानमारसँग ३-० ले पराजित भएको नेपाल प्रतियोगिताको फाइनल पुग्ने आशा जीवित राख्न जित दर्ता गर्नुपर्ने दबाबमा हुनेछ । यद्यपी नेपालले अहिलेसम्म भारतलाई पराजित गरेको इतिहास छैन । भारतविरुद्ध पछिल्लो भेटमा नेपालले बराबरी खेलेको थियो । नोभेम्बरमा भएको ओलम्पिक छनोटमा नेपालले अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा १-१ को बराबरीमा रोकिएको थियो ।

भारतले पहिलो खेलमा इरानलाई १-० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । यस खेलमा जित दर्ता गरे भारत फाइनलमा पुग्ने सम्भावना लगभग पक्का हुनेछ । साफ च्याम्पियनसिपका तयारीका रुपमा रहेको यस प्रतियोगिता भारत र नेपाल दुवै टोलीलाई फाइदाजनक हुनेछ ।
अंकविहिन रहेको नेपाल अंक तालिकाको पुछारमा रहेको छ । भारत ३ अंकसहित दोस्रो स्थानमा छ । गोलअन्तरको आधारमा ३ अंक नै जोडेको म्यानमार शीर्षस्थानमा रहेको छ । इरान तेस्रो स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]