default_image

7 years ago

February 13, 2019

इरानविरुद्ध नेपाली टोलीमा एक परिवर्तन, रेनुकाले कप्तानी गर्ने

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकप अन्तर्गत समूह चरणको तेस्रो खेलमा इरानको सामना गर्दैछ । नेपाली समयानुसार ४:१५ बजे सुरु हुने खेलका लागि नेपालले भारतविरुद्ध खेलबाट एक खेलाडी परिवर्तन गरेको छ ।

तस्बिर सौजन्य : एन्फा

भारतविरुद्ध टोलीको कप्तानी सम्हालेकी फरवार्ड निरु थापाको स्थानमा युवा मिडफिल्डर सरु लिम्बू सुरुवाती एघारमा आएकी छिन् । इरानविरुद्ध टोलीको कप्तानी रेनुका नगरकोटेले सम्हाल्ने भएकी छिन् । रेनुकाले यसअघि सन् २०१६ मा भारतमा भएको साफ च्याम्पियनसिपमा पनि टोलीको जिम्मेवारी सम्हालेकी थिईन ।

त्यसपछि भने सजना रानामगर र निरु थापाले टोलीको कप्तानी सम्हाले । नियमित कप्तान अनु लामा पहिलो रोजाइमा नपर्दा निरुले कप्तानी सम्हाल्दै आएकी थिइन् । निरु सामान्य चोटका कारण टोलीमा नहुँदा रेनुकाले कप्तानी सम्हालेकी हुन् ।

नेपालले यस खेलमा जित दर्ता गरे प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ । नेपालको जित र अर्को खेलमा म्यानमारले जित वा बराबरी गरे नेपाल म्यानमारसँगै फाइनलमा पुग्नेछ । नेपाल र भारत दुवै जितेको खण्डमा भने म्यानमार, नेपाल र भारतको नतिजा समीकरणले फाइनल खेल्ने टोलीको छिनोफानो हुनेछ ।

इरानविरुद्ध नेपाली टोली :

एन्जिला तुम्बापो सुब्बा : मनमाया लिम्बू, गीता राना, पुनम जर्घा मगर, हिराकुमारी भुजेल : अनिता बस्नेत, रेनुका नगरकोटी (कप्तान), दिपा राई, मन्जली कुमारी योन्जन : सरु लिम्बू : सावित्रा भण्डारी

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.