default_image

7 years ago

February 14, 2019

रियलले आयाक्सलाई हराउँदा भीएआर विवाद चुलियो

130 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगको खेलमा साविक विजेता रियल म्याड्रिडले डच क्लब आयाक्सलाई २-१ ले पराजित गरेको छ । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) विवादका कारण घरेलु टोली आयाक्सको अग्रता रद्द भएको खेलमा पाहुना टोलीले जित दर्ता गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा आयाक्सले पहिलो हाफमा नै गोल गरेको भन्दै खुसीयाली मनाएपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा रेफ्रीले गोललाई मान्यता दिएका थिएनन् । पहिलो हाफमा दुवै टोलीले अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । आयक्सले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि रियलका डिफेन्डर बाधक बनिरहे ।

दोस्रो हाफमा रियलले करीम बेन्जेमाको गोलमा अग्रता लियो । ६० औं मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट मुभ बनाउँदै पेनाल्टी क्षेत्रभित्र दिएको पासमा बेन्जेमाले उत्कृष्ट फिनिस गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसको १५ मिनेटमा नै हाकिम जिएकले खेल बराबरीमा ल्याए । डेविड नेरेसको पासलाई उनले १० यार्डबाट सहजै गोलमा परिणत गरेका थिए ।

रियलले खेलको तीन मिनेट समय बाँकी रहँदा पुन: अग्रता लियो । ड्यानी कार्भाजलको क्रसमा मार्को एसेन्सियोले ६ यार्ड बक्सभित्रबाट गोल गर्दै रियललाई खेलमा अगाडी बढाए । तर उक्त गोलको मुभमा रियलका खेलाडी लुकास भाज्केजले आयाक्सका खेलाडीलाई फल गरेको भन्दै गोलमा केहीबेर विवाद भएको थियो । भीएआरमा रेफ्रीले कुनै असर नपरेको भन्दै फल लिएका थिएनन्।

आयक्सका लागि वैकल्पिक खेलाडी कास्पर डोलबर्गले इन्ज्युरी समयमा खेल बराबरी गरें सुनौलो अवसर खेर फाले । उनले गरेक फितलो प्रहारलाई रियलका गोलरक्षक थिबाउट कोर्टुवाले लडेको अवस्थामा हातले सहजै रोकेका थिए ।

दोस्रो लेगको खेल मार्च ५ मा रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुनेछ ।

खेलको हाइलाइट्स :

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.