default_image

7 years ago

February 14, 2019

संकटालाई हराउँदै धरान फाइनलमा

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बुढासुब्बा गोल्डकपको आयोजक टोली धारण फुटबल क्लब प्रतियोगिताको २१ औं संस्करणको उपाधिका लागि भिड्ने भएको छ । बिहीबार सम्पन्न सेमिफाइनलमा सीएमजी क्लब संकटालाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै धरानले फाइनलमा स्थान बनाएको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरको साहाराबाट लिइएको थियो । धरानका गोलरक्षक विनय श्रेष्ठले टाइब्रेकरमा दुई पेनाल्टी बचाएपछि घरेलु टोली फाइनल प्रवेश गरेको हो । म्यान अफ द म्याच घोषित विनयले दोस्रो प्रहार गरेका सेड्रिक अबा र चौथो प्रहार गरेका सरोज दाहालको प्रहार बचाएका थिए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।

संकटाका लागि अमित तामाङ, दिपेश आलेमगर र लक्ष्मण रुचालले गोल गरे । यता धरानका लागि हेमन्त थापामगर गोल गर्नबाट चुके । वर्तमान राई, मिलन राई, योगेश राई र दोर्जे तामाङले धरानको लागि गोल गरेका थिए ।

धरानले शनिबार फाइनल खेलमा दोस्रो सेमिफाइनलका विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लब र दाउफिन्स खेल्दैछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.