6 years ago
February 15, 2019
एजेन्सी – इंग्लिस क्लब चेल्सी र इटालियन क्लब नेपोलीले युरोपा लिग अन्तर्गत राउण्ड अफ ३२ को पहिलो लेगको खेलमा जित दर्ता गरेका छन् ।
चेल्सीले स्विडिस क्लब माल्मोलाई २-१ ले पराजित गर्यो । चेल्सीलाई रस बार्क्लीले ३० औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । ओलिभिएर जिरुडले दोस्रो हाफको ५८ औं मिनेटमा चेल्सीको अग्रता दोब्बर पारे । ८० औं मिनेटमा घरेलु टोलीका लागि आन्देर्स क्रिस्टियन्सनले गोल गर्दै दोस्रो लेगमा टोलीको सम्भावना जीवित राखे ।
नेपोलीले पनि च्याम्पियन्स लिगको पीडालाई भुलाउने क्रममा एफसी ज्युरीचलाई ३-१ ले हरायो । लोरेन्जो इन्सिगने र जोसे क्यालेहोनले २१ औं मिनेटमा नै नेपोलीलाई २-० ले अगाडी बढाएका थिए । ७७ औं मिनेटमा पिटर जिलेंसकीले अग्रता थप बढाए । सात मिनेट समय बाँकी रहँदा बेन्जामिन कोलोलीले घरेलु टोलीको लागि पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए ।
युरोपा लिगका अन्य नतिजा :
बाटे बोरिसोभ १-० आर्सनल
क्राजोन्डार ०-० बायर्न लेभरकुसन
गालाटासरे १-२ बेन्फिका
लाजियो ०-१ सेभिल्ला
ओलम्पियाकोस २-२ डिनामो किएभ
रापिड वेन ०-१ इन्टर मिलान
रेन्नेस ३-३ रियल बेटिस
स्लाभिया प्राग ०-० जेंक
सेल्टिक ०-२ भ्यालेन्सिया
क्लब ब्रुज २-१ साल्ज्बर्ग
एफसी ज्युरीच १-३ नेपोली
माल्मो १-२ चेल्सी
शाख्तर २-२ फ्रान्कफर्ट
स्पोर्टीङ लिस्बन ०-१ भिल्लारियल
भिक्टोरिया प्लेजन २-१ डिनामो जाग्रेब
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]