default_image

7 years ago

February 16, 2019

उग्वेनलाई हराउँदै रुस्लान थ्री स्टार सेमिफाइनलमा

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार फुन्त्सोलिलिङमा भएको खेलमा थ्री स्टारले उग्वेन एकेडेमीलाई सडन डेथमा ५-४ ले पराजित गरेको हो ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । वर्षाका कारण निकै कठिन मौसममा खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफमा वर्षा भारी हुँदै गएपछि खेलाडीहरुलाई केहि कठिनाइ पनि देखिएको थियो ।

खेलको ६० औं मिनेटमा भुटानी टोली उग्वेनले अग्रता लिएको थियो । यशी दोर्जीले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गोल गर्दै थ्री स्टारलाई समस्यामा पारेका थिए । तर त्यसको पाँच मिनेटमा नै थ्री स्टारले बराबरी गोल फर्कायो । गोलरक्षक ग्याल्जेन ज्याङपोको गल्तिको फाइदा उठाउँदै मिक्छेन तामाङले खाली पोस्टमा गोल गरेका थिए ।

टाइब्रेकरमा थ्री स्टारका लागि दिनेश राजवंशीको प्रहार विपक्षीले बचाएपनि एलेन न्यौपानेले उग्वेनका तेस्रो र पाँचौ प्रहार विफल पार्दै जित पक्का गरे । थ्री स्टारका रञ्‍जित धिमाल, सुनील बल, बुद्ध चेम्जोङ, अनन्त तामाङ र रुपेश केसीले गोल गरे । उग्वेनका थिन्ले दोर्जी र जिगेल ग्याल्जेनको प्रहारलाई एलेनले विफल तुल्याए । किन्ले तेन्जिङ, फुर्वा तेन्जिङ, यशी दोर्जी र ग्याल्जेन ज्याङपोको प्रहार गोल भएको थियो ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.