काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबल टोलीका पहिलो कप्तान डाक्टर तालिमेरेन एओ (टी एओ)को १सयौ वार्षिकीको अवसरमा भारतको गुहावटीमा आयोजना हुने दोस्रो टी एओ सेन्टानारियो नर्थ इस्ट यु–२१ फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको बिदाई गरिएको छ ।

नेपाली टोलीलाई अखिल नेपाल फुटल संघ (एन्फा) का उपाध्यक्ष कृष्ण थापा, महसाचिव इन्द्रमान तुलाधर लगायतका एन्फा पदाधिकारीले बिदाई गरे । नेपाली युथ टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली टोली सोमबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुरसम्म जानेछ । त्यसपछि बागडोरा बसमा र बागडोराबाट प्लनमा गुहावटी प्रस्थान गर्ने एन्फाले जनाएको छ ।
नेपाली टोलीले एक साता अघिबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरेको थियो । अरुणान्चल फुटबल एसोसिएसनले भारतीय राष्ट्रिय फुटबल टोलीका पहिलो कप्तान डा. तालिमेरेन एओको सयौं वार्षिकीको अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । च्याम्पियनसिप फेब्रुअरी १९ देखि २८ सम्म गुवाहाटीमा हुदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियसिपका लागि गत मंगलबार २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । टोलीको कप्तानी च्यासल युवा क्लबबाट ए डिभिजन लिग खेलेका छिरिङ गुरुङले गरेका छन् ।
नेपाली टोली :
सोजित गुरुङ
विष्णु कुमार केसी
सूर्य अधिकारी
राजन गुरुङ
असिम भुषाल
विश्वास उदास
गौतम श्रेष्ठ
रन्दीप पौडेल
छिरिङ गुरुङ (कप्तान)
अनिल महर्जन
एरिक बिष्ट
मनिस थापा
मिक्चेन तामाङ
नितिन थापा
अभिषेक रिजाल
शिशिर लेखी
रेजिन सुब्बा
राजीव लोप्चन
धिरज श्रेष्ठ
प्रेजेन तामाङ
मुख्य प्रशिक्षकः चेतनारायण श्रेष्ठ
सहायक प्रशिक्षकः सल्यान खड्गी
गोलरक्षक प्रशिक्षकः छन्नुराम चौधरी
टिम व्यवस्थापकः राजेश मानन्धर
फिजियोः कृतन श्रेष्ठ
वैकल्पिक खेलाडी
अभिषेक बराल
सनिस श्रेष्ठ
अरुज सिंह
रितिक खड्का